एनआरएनए इङ्ग्ल्याण्डको भर्चुअल रनफेस्ट अन्तिम चरणको तयारिमा,सहभागिताको लागि साईन अप आउदो फरवरी ९ तारिख बन्द हुने ।

सुरेन्द्र इङ्नाम,मेडिस्टन,यूके २०७८ माघ २३ गते ०:२१ मा प्रकाशित

एनआरएनए इङ्ग्ल्याण्डको भर्चुअल रनफेस्ट अन्तिम चरणको तयारिमा, सहभागिताको लागि साईन अप आउदो फरवरी ९ तारिख बन्द हुने।

गत ५ फरवरी २०२२ शनिबारको दिन गैरआवासीय नेपाली संघ(एनआरएनए),इङ्ग्ल्याण्ड राज्य समन्वय परिषदले पत्रकार सम्मेलन गर्दै भर्चुअल रनफेष्ट अन्तिम चरणको तयारिमा पुगेको र सहभागी हुनेहरूको संख्या बढिरहेकोले साईन अप गर्ने म्याद आउदो फरवरी ९ तारिख सम्म थपिएको छ।

भर्चुअल रनफेष्ट प्रतियोगिताको तयारीबारे आयोजित अन्तिम प्रेस सम्मेलनमा बोल्दै एनआरएनए इङ्ग्ल्याण्डका अध्यक्ष एलबीजेड गुरूले स्वास्थ्य नै धन भन्ने नाराका साथ रनफेष्टले मानसिक र शारीरिक स्वास्थ्यलाई थप मनोबल पुर्याउन सहयोग पुग्ने बताए।महामारीका बेला सबैलाई शारीरिक र मानसिक रूपले तन्दुरुस्त बनाउन हामीले इभेन्ट आयोजना गरेका हौँ र भविष्यमा यसलाई अझ बृहत बनाउने र भौतिक रूपमै एभरेष्ट रन वा अरु कुनै पनि नाम सबै समुदाय वा भाषीहरुलाई पनि सहभागिता गराउन सकिने नाममा निरन्तरता दिने सोँच रहेको अध्यक्ष गुरूङले भने।उनले यस रनफेस्टमा सहभागिता जनाएर सहयोग गर्न सबैलाई अपिल गरे।

यसैगरी,एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले इङ्ग्ल्याण्ड राज्य समन्वय परिषदको कार्यले संस्थागत गतिविधिलाई सिर्जनात्मक ढंगले बढाएको र सिंगो समुदायको स्वास्थ्यबारे चेतना जगाउन रनफेष्टले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।‘यो रनफेस्टले हामीलाई खेलकुदको माध्यमबाट स्थापति हुन थप सहयोग पुग्ने अध्यक्ष मगरले भने।

प्रतियोगिताका संयोजक बलराम सुवेदीले स्वास्थ्यबारे जनचेतना पर्वाह गर्न र कोरोना महामारीको समयमा सबैलाई भयबाट मुक्त बनाउन रनफेष्टको आयोजना गरिएको बताए।उनले यूकेबाहेक जापान,यूरोप र अमेरिकाबाट पनि सहभागिता जनाउने गरी उत्साहजनक प्रतिक्रिया आएको बताए।उनले थप सहभागिता वृद्धि गर्न भन्दै फेब्रुअरी ९ तारिख बिहानसम्म नाम दर्ताका लागि समयवधी बढाइएको पनि जनाए।उनले नेपाली समुदायबाट सहभागिताका लागि सबैभन्दा धेरै आवेदन दर्ता गरिएको समेत जानकारी दिए।रनफेष्ट ९९ प्रतिशत नेपाली मूलका समुदायबाट अनलाइन रजिष्टर भएको जानकारि गराए र आयोजकले करिब पाँच सय जना सहभागी गराउने लक्ष्य रहेको र जुन संख्याको निकट पुग्न लागेको पनि जानकारी दिए।

रनफेष्ट अन्तर्गत https://nrna-escc.org/sign-up/ मा गएर नाम दर्ता गर्न सकिने छ।दर्ता गरिसकेपछि फेब्रुअरी १५ तारिखसम्म एक पटक पाँच किलोमिटर दौडेर,हिँडेर वा साईकल गरेर रनफेस्ट पूरा गरेको प्रमाण सोही वेभसाइटमा Submit your result भित्र पसेर बुझाउनुपर्ने हुन्छ । दौड पूरा गरेका सबै सहभागीहरूलाई प्रमाण-पत्र र मेडल प्रदान गरिने छ।

ब्रेक्स्ली नेपाली समाजबाट करिब ६० जनाले फेब्रुअरी तेस्रो साताभित्र दौडेर ऐक्यबद्धता जनाउन लागेको प्रवक्ता डा.विशाल गुरूङले बताए।यसैगरी, विभिन्न नेपाली समाजहरूले समेत प्रत्यक्ष र सामूहिक रूपमा दौडेर रनफेस्ष्टलाई प्रचार गर्दै सहयोग गर्ने तयारी गरिरहेको जानकारि दिए।

साँझ ७:३० बाट सुरु भएर ९ बजे सकिएको उक्त पत्रकार सम्मेलनमा १२ भन्दा धेरै मेडियाका पत्रकारहरुको उपस्थिति रहेको छियो।सो कार्यक्रमलाई सहसचिव अहिल्या कुँवरले सञ्चालन गरेका थिए भने प्रवक्ता डा.विशाल गुरूङले स्वागत मन्तव्य राखेका थिए।

 

प्रतिक्रिया