अस्ट्रेलियाको जिलोङमा एक लाखभन्दा बढीको सहभागिताका बीच बिबिध कार्यक्रम सहित १९८३ बाट शुरु गरिएको बहु साँस्कृतिक पाको महोत्सबमा नेपालीहरुको सहभागिता २०१३ बाट रह्यो र सो बर्ष नै पनि नेपाली झल्काउने किसिमका पहिरन, नेपाली झन्डा,ब्यानर,मार्फत परेड र स्टलमा नेपाललाई बुद्ध र सगरमाथाको देशको रुपमा मात्रै नभएर कुमारीको देशको रुपमा समेत चिनाउने काम भए।तात्कालिन नेपाल टुरिज्म बोर्डका अध्यक्ष एबं संस्कृति,पर्यटन एबं सिभिल एभियसन मन्त्रालयका सचिब सुशिल घिमिरेको समेत उपस्थिति रहेको सो कार्यक्रममा मिस नेपाल अस्ट्रेलिया २०१२ दीपाश्री शाहले कुमारी भेषमा परेडमा सहभागी भै स्टेजमा कुमारी नृत्य प्रदर्शन गरेकी थिइन।
बहुभाषिक र बहु-सांस्कृतिक देशको रुपमा परिचित अस्ट्रेलियाको जिलोङमा अस्ट्रेलियाकै एक किसिमले सबैभन्दा ठूलो महोत्सबको रुपमा मानिने पाको फेस्टामा आयोजक संस्थासंग आबद्ध भएका जातिय संस्था र संगठनहरुले आ-आफ्नो सांस्कृतिक चाल-चलन,रिति-रिवाज, खान-पान आदिको निरन्तरता र प्रचार प्रसारलाई प्रोत्साहन गर्दै नाच-गान,कार्यशाला गोष्ठी,प्रदर्शन जस्ता बिबिध कार्यक्रम गर्ने गरिन्छ।
२०१३ मा नेपालको कुमारी आकर्षणको केन्द्र बनेको थियो र कुमारीको बिषयले स्थानिय पत्रिकामा स्थान पनि पाएको थियो।त्यसपछिका बर्षमा लाखे नाच पनि बिदेशीको लागि आकर्षणको केन्द्र बन्न पुगेको थियो।
कोरोनाका कारण पहिला पहिला जस्तै गरी पाको महोत्सब नमनाइने भए तापनि यो बर्ष २६ फरवरीका दिन सामान्य तवरबाट मनाइन लागिएको यो महोत्सबमा स्थापना भएको एक बर्षभित्रमा नै ३०० भन्दा बढी सदस्य बनाउन र थुप्रै महत्वपूर्ण कार्यक्रम गर्न सफल ग्रेटर जिलोङ नेपाली समाजले पनि नेपालको प्रबर्द्धन गर्ने तयारी गरिराखेको जानकारी समाजका अध्यक्ष वरिष्ठ बैज्ञानिक डा सन्तोष पाण्डेले दिएका छन।
प्रतिक्रिया