धनै गन्ने बानी पर्यो गन्नै बिर्से जन
गल्ति हो कि साँच्चै हो यो लौन कोही भन
मेरा मान्छे एती भन्दै सबले धाक दिन्थे
ति -तिन करोड मेरा भन्दै आफ्नो बिलो लिन्थे!
जम्मै मान्छे गन्दा पनि पुग्दैन त्यो तिन
मृत्यु दर नि त्यती छैन त्यस्तो भयो किन?
घरमै बसि गने कि खै खेल्दै म्यारिज रमि?
भोट हाल्ने ती मान्छे भन्दा जिँउदा मान्छे कमी!
गने कि पो मान्छे कतै फुटा गने सरि
झुक्किएर पठाए कि त्यही विवरण भरि!
दिएनन् कि बिबरण नै गणकैलाई पनि
यस्ता ठाँउमा नाम लेखाएर के पाइन्छ र भनि!
भोट हाल्नेमा नाम लेखाए पो रौसी मासु पाइन्थ्यो
नाम लेखाएर केहि नपाउने किन उनलाई चाहिन्थ्यो ?
जनसंख्या नै घट्दै गयो खुस्क्यो वृद्धि दर
लोपै पो हुने हो कि लाग्न थाल्यो डर!
कि त एउटा नत्र दुइटा सन्तान जता ततै
लोप भए रे साँहिला माहिला भटिन्नन् रे कतै !
महामारी रोग आउदा नि किन यस्तो पारा
बन्द गर दुइ सन्तानको अब त्यस्तो नारा
जनसंख्यालाइ रोक्छौ भन्दै आए कस्ता -कस्ता !
आखिरीमा पुग्दो रै छ भए दुई संस्था
खडा भए त्यस्ता यहाँ बनि दुई काल
बच्चा पढ्ने निजि स्कुल अनि अस्पताल!
निजि स्कुल र अस्पतालमा जस्ले भर्ना गरे
खर्च देख्दा तर्सिएर पाउनै छाडे अरे
कुन बिधीले मान्छे गनि त्यती मात्र लेखे
कत्ति खिस्सि गर्ने होलान बिदेशीले देखे ?
मन मनै गने कि खै त्यस्तै बिधी रोजी
जहाँ पनि बेथिती छ कस्ले गर्नु खोजी!
बिचित्रको नतिजाले दङ्गै परे सब
जनगणना भनौ कि खै मन गणना अब ?
-अर्जुन राज पन्त, बाग्लुङ मुलपानी
(कवि पहिलो ब्यङ्ग्यकाब्यकार समेत हुन उनको ‘कोइली’ ब्यङ्ग्यकाब्य प्रकाशित छ)
प्रतिक्रिया