विराटनगर,२१ माघ।मोरङको धनपालथानमा दुई र ललितपुरको गोदावरीमा एक जनाको हत्या गर्ने तीन जनालाई प्रहरीले प्रकाउ गरि आज यहाँ सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङमा आज आयोजित पत्रकार सम्मेलनमा मोरङको धनपालथान गाउँपालिका –७ उखुबारीमा दुई जनाको हत्या गरी गाडेको अवस्थामा सुनसरी धरान–३ का बर्षिय ४८ का राजेन्द्रकुमार श्रेष्ठ र सप्तरी शम्भुनाथ–४ का ३२ वर्षिय शम्भुकुमार चौधरी तथा गोदावरी–१२ ठेचो चरङ्गखेलस्थित गोदाम घरमा ६३ बर्षिय तेह्रथुम सङ्क्रान्ति –२ घर भई हाल काठमाण्डौ –३ गोठाटार वस्ने मोहन लिम्वुको हत्या गरी गाडेको आरोपमा तीन जनालाई पक्राउ गरि यहाँ सार्वजनिक गरिएको छ।
यसरी पक्राउ पर्नेहरुमा मुख्य आरोपी सिरहा नगरपालिका–२१ घर भई हाल काठामाण्डौं बल्खु वस्ने ३१ वर्षिय अनिलकुमार मण्डल,मोरङ धनपालथान गाउँपालिका –७ का कमलपुर पश्चिम टोल बस्ने ६२ वर्षिय नासिर आलम र मोरङ जहदा गाउँपालिका –४ सिसवनी वस्ने २९ वर्षिय अमित साह भन्ने दिनानाथ सोनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिनु भयो।
चौधरी र श्रेष्ठको लाश गाडेको अवस्थामा धनपालथान गाउँपालिका–६ दिलीप सिंहरीको उखुबारीमा सङकास्पद माघ १२ गते फेला परेको र लिम्वुको लाश ललितपुर गोदावारी–१२ ठेचोमा गाडेको अवस्थामा माघ २० गते फेला परेको थियो।
हत्याका आरोपीतहरुले लिम्वुलाई मङ्सिर २८ गते,श्रेष्ठलाई पुस ५ र चौधरीलाई पुस ७ गते डोरी र मफलरको प्रयोग गरी हत्या गरी लास छिठो गलोस भन्नका लागि नून प्रयोग गरेका थिए।
हत्याका आरोपी मण्डलले आर्थिक कारोवारको विवादले हत्या गरेको र अन्य दुईजनालाई हत्या गर्न रकम प्रदान गरी सहयोग लिएको प्रहरीले जनाएको छ।
निजहरुले तीनबटा लाशलाई गाड्नका लागि एकै प्रकृतिको खाल्डो खन्ने र पुर्नका लागि खन्ती र कोदालोको प्रयोग गरेको उपरीक्षक जिसीले जानकारी दिनु भयो।
आरोपीहरुले श्रेष्ठ र चौधरीलाई गाडेको स्थानबाट १०० मिटर उत्तर कमलपुर जाने नहरमा हत्या गरेका प्रहरीले जनाएको छ।
प्रहरीले हत्यामा प्रगोग गरिएको छ पोका नुन र एक थान कोदालो बरामद गरेको छ।
प्रहरी गहन अनुसन्धान र मोबाइलमा भएको कुराकानीको आधारमा आरोपीहरुलाई पक्राउ गर्न सफल भएको हो।
आरोपीमध्ये मण्डललाई यही माघ २० गते काठमाडौ बल्खुवाट,आलम र सोनारलाई माघ २० गते विराटनगर–१७ मटेरुवा र विराटनगर–५ दामाबन्दीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले बताउनु भयो।
हत्याका आरोपी मण्डल व्यवसायिक कामको सिलसिलामा मृत श्रेष्ठ चौधरीसंग मङ्सिर २९ गते विराटनगर आएका थिए।
हत्या हुनुमा प्रमुख कारणमध्ये कारोवारको रकम एकलौटी बनाउने उद्देश्य भएको हुनाले यस कार्यमा थप अन्य सहयोगी हुन सक्ने भएकोले अनुसन्धान भैरहेको प्रहरीले जनाइएको छ।
प्रतिक्रिया