प्रदेश १ नं मा १०१६ जनामा कोरोना सङ्क्रमण

इनेप्लिज २०७८ माघ ११ गते २३:५३ मा प्रकाशित

विराटनगर,११ माघ।प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा एक हजार १६ जनामा कोरोना सङ्क्रमण भएको छ।सामाजिक विकास मन्त्रालयका अनुसार एक हजार ४९२ जनाको पीसीआर परीक्षण गर्दा ६९० र ९०५ जनाको एन्टिजेन परीक्षण गर्दा ३२६ जनामा कोरोना सङ्क्रमण भएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३०२,सुनसरीमा २०७,झापामा १२८,धनकुटामा आठ,तेहृथुममा सात,इलाममा चार,उदयपुरमा तीन,संखुवासभामा दुई,भोजपुरमा एक र प्रदेश बाहिरका २८ जनामा कोरोना सङ्क्रमण भएको हो।

परीक्षणका आधारमा मोरङको विराटनगरमा २४५, सुन्दरहरैचामा १७, बेलबारीमा आठ,बुढीगंगा र उर्लाबारीमा पाँच÷पाँच, कटहरी र स्थानीय तह नखुलेका चार÷चार,लेटाङ,कानेपोखरी,केराबारी,रतुवामाई र रंगेलीमा दुइ÷दुई,ग्रामथान, मिक्लाजुङ,जहदा र धनपालथानमा एक÷एक,सुनसरीको धरानमा ११३, इटहरीमा ५२,इनरुवामा नौ,दुहवीमा सात,रामधुनीमा छ,हरिनगर, देवानगञ्ज र गढीमा तीन÷तीन,बर्जु,बराहक्षेत्र र कोशी गाउँपालिकामा दुई÷दुई र स्थानीय तह नखुलेका पाँच जना रहेका छन्।

यसैगरी झापाको विर्तामोडमा ३१, भद्रपुरमा १९,कनकाईमा १५, अर्जुनधारामा १४,मेचीनगरमा १२,दमकमा ११, बुद्धशान्तिमा आठ,शिवसताक्षीमा छ, गौरादह,कमल गाउँपालिका र स्थानीय तह नखुलेका तीन÷तीन, बाहृदशी, कचनकवल र झापा गाउँपालिकामा एक÷एक,धनकुटाको धनकुटा नगरपालिकामा पाँच, पाख्रिबास, साँघुरीगढी र स्थानीय तह नखुलेका एक÷एक जना रहेका छन् ।

मन्त्रालयका अनुसार तेहृथुमको म्याङलुङमा पाँच,लालीगुराँस र स्थानीय तह नखुलेका एक÷एक,इलामको चुलाचुलीमा दुई,इलाम नगरपालिका र देउमाईमा एक÷एक,उदयपुरको त्रियुगा,रौतामाई र स्थानीय तह नखुलेका एक÷एक, संखुवासभाको खाँदबारी र स्थानीय तह नखुलेका एक÷एक,भोजपुरको भोजपुर नगरपालिकामा एक र प्रदेश बाहिरका २८ जनामा कोरोना सङ्क्रमण भएका छन् ।

प्रदेशमा आज १५२ महिला सहित ३२२ जना कोरोना सङ्क्रमण मुक्त्त भएका छन्।पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजार ८२१ रहेको मन्त्रालयले जनाएको छ।

 

 

प्रतिक्रिया