टेकु अस्पतालमा एक हप्ताका लागि खोप कार्यक्रम स्थगित

इनेप्लिज २०७८ माघ १० गते १२:०४ मा प्रकाशित

काठमाडौं।शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु अस्पतालका स्वास्थ्यकर्मीहरु कोरोना संक्रमित भएपछि एक हप्ताका लागि खोप कार्यक्रम प्रभावित भएको छ ।

पहिलो र दोस्रो लहरमा एकदमै सावधानी पूर्वक सफलता हासिल गरेको टेकु अस्पतालमा आजदेखि ७ दिनका लागि खोप कार्यक्रम स्थगित भएको हो।

अस्पतालका ६० भन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएसँगै एक हप्ताका लागि खोप कार्यक्रम बन्द गरिएको अस्पतालले जनाएको छ।कोरोनाको तेस्रो लहरका कारण सबै भन्दा बढी स्वास्थ्यकर्मी प्रभावित भएका छन्।

प्रतिक्रिया