प्रदेश लोकसेवा आयोगको निश्पक्ष कार्यले जनतामा विश्वनियता कायम–प्रदेश प्रमुख खापुङ्ग

इनेप्लिज २०७८ माघ ९ गते १०:५५ मा प्रकाशित

विराटनगर,९ माघ।प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेश लोकसेवा आयोग निश्पक्ष रुपमा कार्य सम्पादित गरी जनतामा यसले विश्वसनीयता कायम गरेको बताउनु भएको छ।

प्रदेश लोक आयोगको दोश्रो वार्षिकात्सवको उपलक्ष्यमा आयोजित कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै उहाँले निश्पक्ष,दक्ष,इमान्दार,समक्ष कर्मचारी उत्पादन गरेमा सार्वजनिक प्रशासनमा सवैको विश्वास आर्जन सफल हुने छ भन्नु भयो।

प्रदेश प्रमुख खापुङ्गले प्रदेश सरकारले आगामी दिनमा आयोगको आन्तरिक कार्य सञ्चालनमा रहेको समस्या समाधान गर्न सहयोग गर्ने विश्वास व्यक्त्त गर्नु भयो।

उहाँले आयोगले आफ्नो कार्य समस्या रहित ढंगले छिटो छरितोरुपमा कार्य सम्पादित गर्नुपर्नेमा जोड दिनु भयो।

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आयोगलाई जनमुखी,विश्वसनीय समक्ष बनाउन आवश्यक सहयोग गर्ने बताउनु भयो।

उहाँले जनशक्ति,कानून र पूर्वाधार अभाववीच आफ्नो दायित्व सफलतापूर्वक सम्पन्न गरकोमा आयोग धन्यवादको पात्र रहेको छ भन्नु भयो।

मुख्यमन्त्री राईले आयोगले विवादरहित ढंगले दत्तचित्त भएर कार्यमा लाग्नु पर्नेमा जोड दिदै स्वास्थ्य तथा लगायन अन्य आवश्यक जनशक्ति नियुक्त गर्ने सम्वन्धमा वाधा फुकाउन सरकारले अध्ययन गरिरहको जानकारी दिनु भयो।

उहाँले सङ्घको निजामती ऐन जारी नभए पनि प्रदेश निजामती ऐनमा मार्फत के कसरी आवश्यक कर्मचारी पदपूर्ति गर्ने सम्वन्धमा आवश्यक सुझाव दिन आग्रह गर्नु भयो।

मुख्यमन्त्री राईले सङ्घीय सरकारले अनुदानको बजेट रकम अत्यन्त कम,राजश्व संकलन सीमित दायराको कारणले सरकारले अपेक्षित रुपमा आफ्नो दायित्व पुरा गर्न नसकेको गुनासो व्यक्त्त गर्नु भयो।

उहाँले सङ्घीय सरकारको नीति कार्यक्रमले प्रदेश र स्थानीय वलियो वन्न नसेकोले अहिले सङ्घीय प्राणालीमाथि नै प्रश्न उठिरहेको छ भन्नु भयो।

प्रदेश लोकसेवा आयोगका अध्यक्ष उत्तमकुमार भट्टराईले सङ्घीय सरकारको समायोजन ऐनलाई टेकेर खाली भएका माग अनुसार कर्मचारी पदपूर्ति गर्न सकिने धारणा राख्नु भयो।

प्रदेश लोकसेवा आयोगका सचिव यज्ञराज कोइराला र सदस्य सजना दाहालले भौगोलिक दुरीका कारण आयोग उत्तीर्णहरुले नियुक्ति लिन नआएको स्थानीयलाई प्राथमिकता दिनु पर्ने,परीक्षामा अनियमितता गर्नेलाई कालो सुचिमा राखी सवै प्रदेशको आयोगको परीक्षामा रोक लगाउनु पर्ने र प्रदेशका स्थानीय निकायहरुले लोकसेवा आयोग तयारी कक्षा सञ्चालन गर्नुपर्ने जस्ता सुझावहरु दिनु भयो।

सो अवसरमा प्रदेश प्रमुख खापुङ्ग र मुख्यमन्त्री राईले संयुक्त रुपमा प्रदेश लोक सेवा आयोग स्मारिका बिमोचन गर्नु भयो।

 

प्रतिक्रिया