अफगानिस्तानको पश्चिमी हेरात प्रान्तमा शनिबार एउटा खचाखच भरिएको सानोगाडी (मिनिभ्यान)मा जोडिएको बम विस्फोटमा परी कम्तीमा ७ सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य ९ जना घाइते भएका तालिवान अधिकारीहरूले बताएका छन्।
कसैले पनि तुरुन्तै विस्फोटको जिम्मेवारी लिएको छैन, तर इस्लामिक स्टेट(आइएस)ले अगस्त १५ मा समूहले सत्ता कब्जा गरेदेखि देशका अन्य ठाउँमा नागरिकहरू र देशका नयाँ तालिबान नेताहरूमा यस्तै आक्रमणहरूको श्रेय दावी गरेको छ।
शनिबारको बम विष्फोट हेरातमा पहिलो पटक यस्तो हमला थियो। स्थानीय तालिबान अधिकारी नईमुलहक हक्कानीले अनुसन्धान जारी रहेको बताएको समाचार एबिसीन्यूजले समाचार प्रकाशित गरेको छ ।
पश्चिमी हेरातका एक तालिबान गुप्तचर अधिकारीले एसोसिएटेड प्रेस(एपि )लाई भने कि बम सानो ,मालगाडी (मिनी भ्यान)को इन्धन ट्याङ्कीमा जोडिएको थियो। उनले नाम नछाप्ने सर्तमा भने किनभने उनी सार्वजनिक रूपमा जानकारी दिने आधिकारिक व्यक्ति नभएको उनले बताएका थिए ।
हेरात एम्बुलेन्सका प्रमुख इब्राहिम मोहम्मदीले पीडित ३ जनाको अवस्था गम्भीर रहेको प्रान्तीय अस्पतालमा सारिएको बताए।
प्रतिक्रिया