मोहम्मद सदरुल÷मनोज दाहाल,विराटनगर,८ माघ(रासस):मोरङको बुधनगर भेडियारी स्थितका विराट राजाको दरबार भनिएको स्थानमा अहिले उत्खनन् भइरहेको छ।
पुरातात्वि विभागबाट गरिएको उत्खनन् अनुसार विराट राजाको दरबार भनिए अनुसारको उत्खनन्बाट ऐतिहासिक वस्तु वा भाग्नावशेष पाइएको बताएको छ।
विराट राजाको दरबार क्षेत्र भनिएको स्थानमा विसं २०२६ मा पुरातात्विक विभागबाट आउनु भएका अधिकृत तारानाथ मिश्रले उत्खनन् कामको शुरुवात पछि विभागबाट प्रकाश दर्नाल,उद्धव आचार्य,शालिकराम कट्टेल,सन्दीप खनालले थोरबहुत उत्खनन्को काम गरिसकेपछि गएको पुस २६ गते देखि पुरातात्विक विभागबाट खटिनुभएका पुरातात्विक अधिकृत भाष्कर ज्ञवालीको नेतृत्वमा उत्खनन्को काम जारी छ।सम्भवतःअझ दुई दिन उत्खनन्को काम हुने अधिकृत ज्ञवालीले भत्रुभयो।उहाँले विराट राजा दरबार भनिएको स्थानमा अहिले उत्खनन् गर्दा एउटा ऐतिहासिक मन्दिर देखिएको छ भने मन्दिर देखि २०० मिटर पश्चिम स्थानीय महेन्द्र मण्डलले जोतभोग गरेको जग्गामा केही भागमा उत्खनन् गर्दा दोश्रो शाताब्दिको पहिचान हुने किसिमको घना बस्ती हुन सक्ने अनुमान गर्नुभएको छ।
उत्खनन् गर्दा खासै महत्वपूर्ण वस्तु फेला नपरेपनि त्यस समयमा प्रयोग हुने ३४ सेमी लम्बाई,२५ सेमी चौडाई र पाँच सेमी मोटाइ भएको इटा पाइएको छ।त्यहाँ माटा अन्य सामग्रीहरु पनि फेला परेको र यसलाई सफा गरेर प्याकेजिङको काम भइरहेको बताइएको छ।
मानववस्ती,एकीकृत भन्सार जाँच चौकी समेतले अतिक्रमण भएको विराट राजाको दरबार क्षेत्र खुम्चिएको छ भने यहाँ लगभग १३ देशका पुरातात्विक विभागका मानिसहरुले अवलोकन गरिसकेको विराट राजाको रेखदेख एवं संरक्षणमा लाग्नु भएका स्थानीय नवकिशोर यादवले भत्रुभयो।उहाँले विराट राजाकै दरबार हो भत्रेकुरामा दुई मत नरहेको भन्दै विराट राजाको दरबार लगभग डेढ किमी उत्तर पूर्व,दक्षिण र पश्चिम सम्म फैलिएको अनुमान लगाउन सकिन्छ भत्रुभयो।उहाँले यहाँ फेला परेका वस्तुमा सिमाला,पुवाँलो,पुलिङ,रत्न, निलम,ग्रेनाईट, लसुनिया,गमेद,लाल मुँगा र रुवेस्ट तथा केही सिक्का सुरक्षित राखेको जानकारी दिनुभयो।
विसं २०५२ मा सपना देखेर नै यसको रेखदेख एवं संरक्षणमा लागे देखि आफूले यहाँ अतिमूल्यवान वस्तुहरु फेला पारेको र यी सबै वस्तुहरु आफ्नै सङ्ग्रहालयमा सुरक्षित राखेका जानकारी दिनुभयो।सरकारी पहुँच नभएर यसको प्रचार, प्रसार एवं उत्खनन्बाट वास्तविक पहिचान हुन नसकेको यो क्षेत्रमा प्रदेश नं २ को तत्कालीन प्रदेश प्रमुख डा राजेश झा,प्रदेश नं १ को तत्कालीन प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ लगायतले निरीक्षण एवं अवलोकन भइसकेको यो क्षेत्रको थोरै विकासमा विराट क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति मोरङले मद्दत गरेको स्थानीय युवा मुकेश यादवले बताउनुभयो।
विराट राजा दरबार क्षेत्रमा किचकबध पोखरी सहित थप संरचना देखिएको पुरातात्विक अधिकृत ज्ञवालीले प्रष्ट पार्दै भत्रुभयो,‘झापाको किचकबध र यो विराट राजाको दरबारको भग्नावशेष हेर्दा एउटै समयको हो।’
प्रतिक्रिया