विराटनगर,६ माघ ।प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा एक हजार ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
सामाजिक विकास मन्त्रालयका अनुसार एक हजार ३९७ जनाको पीसीआर परीक्षण गर्दा ८४५ र ५६७ जनाको एन्टिजेन परीक्षण गर्दा २१५ जनामा कोरोना सङ्क्रमण देखिएकोे छ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३७७, सुनसरीमा २५४,झापामा १३८,धनकुटामा १३,उदयपुरमा पाँच,तेहृथुम र इलाममा दुई÷दुई , ओखलढुङ्गा,पाँचथर,भोजपुर र खोटाङमा एक÷एक र प्रदेश बाहिरका ५० जनामा सङ्क्रमण देखिएको हो।
मोरङको विराटनगरमा ३२०, बुढीगंगामा १८,उर्लाबारीमा नौ,सुन्दरहरैचामा सात,कटहरीमा चार, बेलबारी र स्थानीय तह नखुलेका तीन÷तीन, पथरीशनिश्चरे, ग्रामथान,धनपालथान र रतुवामाईमा दुई÷दुई,केराबारी,रंगेली,लेटाङ, सुनबर्षी र मिक्लाजुङमा एक÷एक,सुनसरीको धरानमा १५९,इटहरीमा ५५,बर्जुमा पाँच, दुहवी,बराहक्षेत्र,इनरुवा र देवानगञ्जमा चार÷चार हरिनगरमा तीन,भोक्राहा र रामधुनीमा दुई÷दुई,कोशी गाउँपालिकामा एक र स्थानीय तह नखुलेका ११ जना रहेका छन्।
यसैगरी झापाको विर्तामोडमा ३८,भद्रपुरमा ३०,कनकाई र दमकमा १९, अर्जुनधारामा १२÷१२, बुद्धशान्ति र शिवसताक्षीमा छ÷छ,मेचीनगरमा पाँच, हल्दिबारीमा तीन,कमल र झापा गाउँपालिकामा दुई÷दुई,गौरादह,बाहृदशी र स्थानीय तह नखुलेका एक÷एक जनामा सङक्रमण देखा परेका छन्।
धनकुटाको धनकुटा नगरपालिकाको सात, छथरजोरपाटीमा तीन, महालक्ष्मीमा दुई र पाख्रिबासमा एक, उदयपुरको कटारी र स्थानीय तह नखुलेका दुई÷दुई, बेलकामा एक,तेहृथुमको लालीगुराँस र स्थानीय तह नखुलेका एक÷एक, इलामको इलाम नगरपालिका र माईमा एक÷एक, ओखलढुङ्गाको मोलुङ, पाँचथरको फिदिम,भोजपुरको भोजपुर नगरपालिका र खोटाङको जन्तेढुङ्गामा एक÷एक र प्रदेश बाहिरका ५० जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।
प्रदेशमा आज २५ महिला सहित ४८ जना कोरोना सङ्क्रमणमुक्त्त भएका छन् भने कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको छ । यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ५१५ रहेको मन्त्रालयले जनाएको छ
।
प्रतिक्रिया