काठमाडौं।बानेश्वरको कान्तिपुर इन्टरनेश्नल कलेज, बुद्धनगरमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ।कोरोना संक्रमित विद्यार्थी र संक्रमण नभएका विद्यार्थीलाई एकैठाउँमा राखेर परीक्षामा सहभागि गराइएको भन्दै आन्दोलित विद्यार्थी र प्रहरीबीच झडप भएको हो।
प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लाठी चार्ज गरेको छ।त्यसक्रममा केही विद्यार्थी घाइते भएका छन्।प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा पनि लिएको छ।बुधबार बिएएलएलबीको चौथो वर्षको परीक्षा दिउँसो १ बजेदेखि ४ बजेसम्म तोकिएको थियो।
अहिलेसम्म परीक्षा सुरु भएको छैन।विद्यार्थीहरुका अनुसार स्वास्थ्य मापदण्डको न्यूनतम पालना पनि नभएकाले विद्यार्थीले कलेजको गेटमा तालाबनदी गरेका छन्।
मंगलबार हिमालयन ह्वाइट हाउस कलेज,पुतलीसडकमा पनि संक्रमित र संक्रमण नभएको विद्यार्थीलाई सँगै राखेर परीक्षा लिइएको भन्दै विद्यार्थीहरुले परीक्षा बहिस्कार गरेका थिए।
प्रतिक्रिया