सुदूरपश्चिम प्रदेशका लागि एनाआरएनए घुम्ती ब्लड बैंक बस हस्तान्तरण
इनेप्लिज
२०७८ माघ ४ गते १५:०७ मा प्रकाशित
धनगढी , कैलाली ।सुदुर पश्चिम प्रदेशका लागि एनआरएनए मोबाइल ब्लड बैंक बस आज धनगढीमा एनआरएनए अध्यक्ष कुमार पन्तले धनगढी उपमहानगरपालिकाका मेयर नृप ओड मार्फत कैलाली रेडक्रसका अध्यक्ष उत्तम जोशीलाई हस्तान्तरण गरेका छन ।
उक्त मोबाइल ब्लड बैंक बसका लागि संसार भरका एनआरएनहरु , एनआरएनएका राष्ट्रिय समितिहरु , सुदुर पश्चिम अन्तर्राष्ट्रिय समाजका शाखाहरु , देश बिदेशका सुदूर पश्चिमलाई माया गर्ने दाताहरु र संघ सस्थाको सहयोग रहेको एनआरएनएका निवर्तमान कोषाध्यक्ष हिक्मत थापाले बताउनु भयो । भन्सार छुट पछि करिब रु साठी लाख मूल्य परेको यो बसमा बस भित्रै रक्त दान गर्न सक्ने , भण्डारन गर्न सकिने र रगत बिरामीलाई दिन सकिने सुबिधा छन ।
उक्त बस हस्तान्तरण कार्यक्रममा एनअरएनए का अन्तर्राष्ट्रिय अध्यक्ष कुमार पन्त, पुर्व अध्यक्ष जिवा लामिछाने , नेपाल सरकारका पुर्व मुख्य सचिव लिलामणि पौड्याल , केन्द्रिय सल्लाहकार कुल आचार्य , उपाध्यक्ष डा. बद्री केसी लगायत अन्य पदाधिकारी , स्थानिय सामाजिक ब्याक्तित्वहरु र सरोकार वालाहरुको उपस्थिति रहेको थापाले बताउनु भयो ।
धनगढी उपमहानगरपालिकाको संरक्षक्त्वमा रहने गरि , नेपाल रेडक्रस सोसाइटी कैलालीले सुदुर पश्चिमका सबै जिल्लाहरुमा यसको सेवा संचालन गर्नेछ ।
प्रतिक्रिया