प्रतिष्ठानको पहिलो कार्यक्रम:निशुल्क आँखा शिविर

सञ्जय साह मित्र,रौतहट २०७८ माघ ४ गते ११:२९ मा प्रकाशित

 

सञ्जय साह मित्र,रौतहट÷रौतहटको गरुडा नगरपालिका ५ महम्मदपुरमा स्थापित श्री दुर्गा भवानी यादव प्रतिष्ठानले पहिलो कार्यक्रमको रुपमा निशुल्क आँखा शिविर गरेको छ।गौर आँखा अस्पताल पुरेनवासितको सहकार्यमा गरुडा ४ स्थित माध्यमिक विद्यालयमा आयोजना गरिएको निशुल्क आँखा शिविरमा उपस्थित चिकित्सक तथा प्राविधिक टोली र नगर प्रमुख इन्नु राय यादवलाई स्वागत गर्दै आयोजक संस्थाका अध्यक्ष बृजकिशोर यादवले आफ्ना मातापिताको नाममा स्थापित संस्थाको पहिलो कार्यक्रमको रुपमा आँखा शिविरलाई चयन गरेको जानकारी गराएका छन्।

शिविरमा आएका अतिथि तथा चिकित्सकको टोलीलाई अध्यक्ष यादवले फूलको माला तथा गमछाले स्वागत गरेका छन्।

शिविरमा गरुडा नगरपालिकाका नगर प्रमुख इन्नु राय यादवसहित ११६ जनाको आँखा परीक्षण गरिएको छ।आँखा परीक्षण गरिएका मध्ये ४३ जनाको आँखामा मोतिबिन्दुको समस्या देखिएको छ।मोतिबन्दुको समस्या देखिएकोलाई गौर आँखा अस्पतालमा निशुल्क अपरेशन गरिने अस्पताल स्रोतले जनाएको छ।आँखा परीक्षणको क्रममा थप २३ जनालाई चस्माको आवश्यकता देखिएकोमा शिविरको तर्फबाट निशुल्क चस्मा उपलब्ध गराइएको छ।

गौर आँखा अस्पताल पुरेनवाका विनीता केशरी र शिवकुमार यादवको नेतृत्वमा आँखा परीक्षणको लागि चिकित्सक तथा प्राविधिकहरुको टोली आएको थियो।हरेक वर्ष गौर आँखा अस्पतालले विभिन्न संघसंस्थासित मिलेर वर्षभरि विभिन्न ठाउँमा निशुल्क आँखा उपचार शिविर गर्दै आएको छ।

प्रतिक्रिया