उत्तर कोरियाले २ हप्तामा चौथो क्षेप्यास्र परीक्षण गरेको छ । दक्षिण कोरियाका संयुक्त प्रमुख कर्मचारीहरूले प्योङयाङले सन् २०२२ मा चौथो परीक्षण गरेको पुष्टि गरेका छन्।
उत्तर कोरियाले सोमबार बिहान पूर्वी सागरतर्फ दुई छोटो दुरीको प्राक्षेपिक क्षेप्यास्र प्रहार गरेको छ, जुन एक महिनाभन्दा कम अवधिमा चौथो परीक्षण हो।
“दक्षिण कोरियाको सेनाले बिहान ०८:५० र ०८:५४ बजे उत्तर कोरियाको प्योङयाङको सुनान एयरफिल्डबाट उत्तरपूर्वमा पूर्वी सागरमा प्रक्षेपण गरिएको छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र(प्राक्षेपिक क्षेप्यास्र) हो भनेर विश्वास गरिएको दुई वटा प्रक्षेपण पत्ता लगाएको छ,” दक्षिण कोरियाका संयुक्त प्रमुख कर्मचारीले सोमबार पत्रकारलाई बताए ।
क्षेप्यास्त्रले करिब २३६ माइलको यात्रा गरी २६ माइलको उचाइमा पुगेको दक्षिण कोरियाको सेनाले जनाएको छ, जसले प्रक्षेपणको विवरणको विश्लेषण गरिरहेका छन् ।
उत्तर कोरियाको आणविक कार्यक्रममा अमेरिकाले प्रतिबन्ध लगाउने विषयमा छलफल गर्दा प्योङयाङले आफ्नो सैन्य क्षमताको लगातार प्रदर्शन गरेको हो भनि एबिसीन्यूजले समाचार लेखेको छ ।
प्रतिक्रिया