लालबहादुर ढेंगा,दुबई,युएई-दुबई।नेपाल राहदानी बिभागले हाल बिद्युतीय राहदानी -e-Passport_जारी गर्ने कार्य सुरु गरेसंगै नेपाली राजदूतावास अबुधावीले पनि युएईस्थित कार्यरत सम्पूर्ण प्रवासी नेपालीहरुलाई एउटा सूचना मार्फत राहदानी नविकरणको सम्बन्धमा जानकारी दिएको छ।
रोजगारदाताहरुको लागि खाडी मुलुकहरुमध्य युएई एउटा गन्तव्यको थलो बन्दै गएको पाईन्छ।खासगरी दुबईमा रोजगारीसंगै व्यबसाय गर्नेहरुको संख्यामा पनि ह्वाट्टै बृद्धि भएको देख्न सकिन्छ।कुनै सरकारी पक्का तथ्याङ्क नभए पनि लगभग ४ लाखको हाराहारीमा नेपाली कामदारहरु रहेको अनुमान गर्न सकिन्छ।अझै दिनाहुं भित्रिने क्रम भने बड्दो छ।
युएईस्थित राजदूतावासले वर्तमानमा चलनचल्ती भएको यन्त्रवाचक राहदानी -MRP_) को सट्टामा आगामी आउने दिनहरुमा बिद्युतीय राहदानी जारी गर्ने तयारी गरेपछि सो सूचना जारी गरेको हो।उक्त सूचना अनुसार यदि कसैलाई अति नै आवश्यक परेको खण्डमा मात्र यन्त्रवाचक राहदानीको लागि आवेदन गर्न सकिने व्यहोरा खुलाएको छ।खासै आवश्यक नपरेकोे भए बिद्युतीय राहदानीको लागि केही समय पर्खन समेत आग्रह गरेको छ।
साथै युएईको सरकारी बिदाको बारेमा नयां कार्य सूचि जारी गरे लगत्तै दूतावासको कार्यालय १ जनवरी २०२२ बाट शनिबार र आईतबार बिदा रहने छ भने सोमबारदेखि शुक्रबारसम्म कार्यालयको समय बिहान ९ बजेबाट सांझको ५ बजेसम्म खुला रहने जानकारीमा आएको छ।
प्रतिक्रिया