विराटनगर,२८ पुस।जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार मोरङको उर्लाबारीका जगन्नाथ भट्टराईलाई आज यहाँ प्रदान गरिएको छ।
प्रेस चौतारी नेपालको मोरङको आठौँ जिल्ला अधिबेशनको उदघाटनका अवसरमा नेपाल कम्यूनिष्ट पार्टी मोरङका इन्चार्ज विनोद ढकालले भट्टराईलाई पुरस्कार प्रदान गर्नु भयो।
प्रत्येक बर्ष प्रेस चौतारीले प्रदान गर्ने उक्त्त पुरस्कारको राशी रु १५ हजार रहेको छ।
त्यस्तै प्रेस चौतारी मोरङका पुर्ब अध्यक्ष तथा सल्लाहकारलाई समेत सम्मान गरिएको छ।यसरी सम्मानित हुनेहरुमा बिक्रम लुईटेल,रामचन्द्र अधिकारी,डिल्ली पोखरेल हुनुहुन्छ।
चौतारीको जिल्ला अधिबेशनले आजै नयाँ नेतृत्व चयन गर्ने छ।
प्रतिक्रिया