राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तीन सय औं जन्म जयन्ती विभिन्न कार्यक्रम गरि मनाइदैं

इनेप्लिज २०७८ पुष २७ गते ११:११ मा प्रकाशित

काठमाडौं।राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३ सय औं जन्मजयन्ती आज मनाइँदै छ।सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाइँदै छ।विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए।

त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो।पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भएका थिए। पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ।

नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानको आयोजनामा कमलादीबाट सांस्कृतिक झाँकी एवं बाजागाजासहित सिंहदरबार पश्चिम मूलढोकास्थित पृथ्वीनारायण शाहको सालिकमा जम्मा भई माल्यार्पण गर्ने कार्यक्रम रहेको छ।यसैगरी दिउँसो साढे दुई बजे जमलस्थित राष्ट्रिय नाचघरमा नेपालका विभिन्न सांस्कृतिक झलकको प्रस्तुति गरिने भएको छ।यस्तै अन्य संघसंस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गरी देशभर पृथ्वीजयन्ती मनाउँदै छन्।विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो।

राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले वीर पुर्खाको बलिदानबाट निर्माण भएको यस मातृभूमिलाई उन्नतिको मार्गमा लैजाने अभिभारा हामी सबैको भएको बताउनुभएको छ।नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शाहप्रति श्रद्धासुमन अर्पण गर्दै राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्नुभएको हो।

पुर्व राजा  शाह

यस्तै पुर्व राजा ज्ञानेन्द्र शाहले नेपाल परायाको खेल मैदना भईसकेको बताउनु भएको छ।पृथ्वी जयन्तीको अवसरमा सन्देश दिदै शाहले राष्ट्रियताका आधारमाथि प्रहार हुने क्रम तीव्र भएकाले देशको अस्तित्वसमेत संकटमा पर्न थालेको बताउनु भएको हो।उहाँले राष्ट्रको कीर्ति र जनताको सुख बाहेक प्रजातन्तत्रको अर्को कुनै लक्ष्य नहुने भन्दै जनइच्छा र प्रगतिसँग सरोकार नराख्ने प्रणालीको नाम जनतन्त्र,जनवाद,लोकतन्त्र,गणतन्त्रको चरित्र धारण नगरे निरर्थक सावित हुने शन्देसमा उल्लेख गर्नुभएको छ।

पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा उनको शालिकमा माल्यार्पण गर्न राष्ट्रपति विद्यादेवि भण्डारी र पूर्वराजा ज्ञानेन्द्र शाह सिंहदरबार जाने भएका छन्।राष्ट्रिय एकता दिवस तथा ३०० औं पृथ्वी जयन्तीको अवसरमा राष्ट्रपति भण्डारी पौने ११ बजे सिंहदरबार जाने कार्यक्रम रहेको छ।त्यहाँबाट भण्डारी काजी कालु पाण्डेको शालिकमा माल्यार्पण गर्न दहचोक पनि जानुहुने भएको छ।यस्तै पूर्वराजा शाह मध्यान्ह साढे १२ बजे सिंहदरबार जाने उनको सचिवालयले जनाएको छ।

प्रतिक्रिया