प्रचण्डलाई कोरोना भएपछि प्रधानमन्त्री देउवाको पीसिआर परीक्षण गरिदैं

इनेप्लिज २०७८ पुष २५ गते १२:२० मा प्रकाशित

g]sf ;efklt b]pjf– :jfa k/LIf0f
sf7df8f,}F @% j}zfv M
g]kfnL sfFu|];sf ;efklt z]/axfb’/ b]pjf laxLaf/ ;+3Lo ;+;b ejg gofF afg]Zj/df sf]/f]gf efO/; -sf]le8–!(_sf]] :jfa k/LIf0f u/fpFb} . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं।प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आज पिसीआर परीक्षण गरिँदैे छ।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोरोना संक्रमण भएपछि उहाँसँग भेटघाट गर्नुभएका प्रधानमन्त्री देउवाको कन्ट्याक्ट ट्रेसिङ अन्तर्गत आज पिसीआर परीक्षण गर्न लागिएको हो।

शुक्रबार बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा माओवादी अध्यक्ष दाहाल र प्रधानमन्त्री देउवाबीच भेट भएको थियो।प्रचण्डलाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री देउवा शनिबारबाट नै होम आइसोलेसनमा बस्नु भएको छ।यसैगरी,सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको पनि आजै पिसीआर परीक्षण गर्ने तयारी छ।उहाँ पनि आइसोलेसनमा रहेको जनाइएको छ।

प्रतिक्रिया