नाराहिटी रेष्टुरेन्ट प्रकरण- छानविन गर्न पाँच सदस्यीय छानविन समिति गठन

इनेप्लिज २०७८ पुष २२ गते ११:२४ मा प्रकाशित

काठमाडौं।नारायणहिटी दरबार संग्राहलयको परिसरमा रेस्टुरेन्ट सञ्चालन गर्न बतास समूहलाई दिएको विषयमा छनबिन समिति बनाएको छ।बिहिबार संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको हो।

मन्त्रालयले सहसचिव होप्रसाद लुईँटेलको संयोजकत्वमा मन्त्रालयका उपसचिवत्रय टेकनारायण पौडेल,सूर्यमणि गौतम,पुरुषोत्तम खतिवडा र सदस्य सचिवमा शाखा अधिकृत टंकबहादुर नेगी रहने गरि समिति गठन गरिएको हो।

बिहीबार मन्त्रीस्तरको निर्णयले समिति गठन गर्ने निर्णय गरेको थियो।समितिलाई तीन दिनको म्याद दिई राय/ सुझाव सहितको प्रतिवेदन तयार गर्न मन्त्रालयले निर्देशन दिएको हो।

महिनामा जम्मा २ लाख २१ हजार रुपैयाँ भाडा आउने निश्चित गरी संग्रहालयभित्र धमाधम संरचना निर्माण भएपछि पर्यटनमन्त्री प्रेम आलेले निर्माण कार्य रोक्न आदेश दिएका थिए ।

प्रतिक्रिया