देउवाको भारत भ्रमण स्थगित

इनेप्लिज २०७८ पुष २२ गते ११:१८ मा प्रकाशित

काठमाडौं।प्रधानमन्त्री शेर बहादुर देउवाको आगामी आइतबार हुने भनिएको भारत भ्रमण स्थगित भएको छ।देउवा सहभागी हुने भनिएको ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ कार्यक्रम स्थगित भएको छ।

गुजरात सरकारले कोभिडको बढ्दो संक्रमणलाई जनाउँदै कार्यक्रम स्थगित गरेको जनाएको छ।सम्मेलनका लागि व्यापक तयारी भइसकेको र ५ देशका राष्ट्रपति वा प्रधानमन्त्री साथै १५ जना विदेश मन्त्रीसहित उद्योगी,व्यवसायी र बैंकर्सहरु आउने सुनिश्चित भइसकेको थियो।तर पछिल्लो समय भारतमा कोभिड १९ को दर तिब्र रुपमा फैलिएपछि स्थगित गरिएको जनाइएको छ।

भारतमा एक दिनमै ९१ हजार कोभिड संक्रमित भेटिएका छन्।गुजरातमा पनि संक्रमितहरुको संख्या बढेपछि कार्यक्रमलाई स्थगन गरिएको हो।

प्रतिक्रिया