पिर्के सलामी ज़िन्दाबाद

-सरगम भट्टराई २०७८ पुष १९ गते २३:१२ मा प्रकाशित

सलामीहरुको पनि सलामी
नागरिक दु:खको मलामी
भोकाको भोजन
प्यासीको पानी
रोगको अस्पताल
अँध्यारोको बत्ती
बिकासको मूल
विकटको पुल
पिर्के सलामी ज़िन्दाबाद

——————————

विकासको पूर्वाधार
निकासको सूत्राधार
सुशासनको आधार
गरीबी बिरुद्धको प्रहार
रैतीहरुको उपहार
वशन्तको वहार
सम्मानको उपसंहार
मौसुफको सत्कार
पिर्के सलामी ज़िन्दाबाद
———————————

वलात्कार विरुद्धको कवच
भ्रष्टाचारीहरुलाई सबक़
समाजवादको सपथ
पथहरुको पथ
जडहरु बिरुद्धको रथ
भँगेराहरुको पजेरो
सिंहासनको पनि सिंहासन
उच्चहरुको उचाई
पिर्के सलामी ज़िन्दाबाद !

-सरगम भट्टराई

प्रतिक्रिया