एक अज्ञात व्यक्ति दक्षिण कोरियाबाट भारी हतियार सहित सीमा पार गरी उत्तर कोरिया प्रवेश 

इनेप्लिज २०७८ पुष १८ गते १८:०६ मा प्रकाशित
सियोल, दक्षिण कोरियाबाट एक अज्ञात व्यक्ति भारी हतियार सहित सीमा पार गरी उत्तर कोरिया प्रवेश गरेको दक्षिण कोरियाली सेनाले आइतबार जनाएको छ।
उक्त व्यक्तिलाई राती ९:२० बजे डिमिलिटाइज्ड जोन (असैनिकीकरण गरिएको क्षेत्र- डिएमजी )को पूर्वी भागमा भेटिएको थियो। स्थानीय समय अनुसार शनिबार दक्षिण कोरियाको संयुक्त चिफ अफ स्टाफ (जेसीएस- सयुक्त कर्मचारीका प्रमुख ) ले सो जानकारी दिएको हो । उष्ण (थर्मल )अवलोकन उपकरणको प्रयोग गरेर सेनाले व्यक्तिलाई पत्ता लगाएको थियो।
जेसीएसले त्यहाँ सेनाहरू पठाइएको बतायो तर तिनीहरूले त्यो व्यक्तिलाई भेट्टाउन सकेनन भनेको छ ।  जसले सैन्य सीमा रेखा पार गरी उत्तर कोरियामा राति १०:४० बजेतिर प्रवेश गरेको थियो।
एक सैन्य अधिकारीले भने कि सुरक्षा चित्र ग्राहिणी (क्यामेरा)ले पहिले साँझ ६:४० मा बजे काँडे तारको बार चढिरहेको व्यक्तिलाई कैद गरेको थियो। गत शनिबार तर सीसीटीभी( जडान गरिएको चित्रग्राहिणी )को कर्तब्य (ड्युटी)मा खटिएका सुरक्षाकर्मी चुकेका थिए भनि सिएनएनले समाचार लेखेको छ ।
अधिकारीले भने कि उनीहरू अहिले व्यक्तिको पहिचान गर्न काम गरिरहेका छन् र त्यो व्यक्ति अझै जीवित छ कि छैन भन्ने थाहा छैन भनेको छ ।  उत्तर कोरियाको राज्य संचार माध्यमले राती सम्म रातभर डिएमजीमा कुनै पनि क्रसिङ(पार-गमन)को बारेमा विवरण गरेको छैन।

प्रतिक्रिया