एमसीसी निस्वार्थ सहयोग भए स्वीकार्छाैं- नेपाल

इनेप्लिज २०७८ पुष ९ गते १२:४९ मा प्रकाशित

काठमाडौं।नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) निस्वार्थ सहयोग भए स्वीकार्ने अभिव्यक्ति दिएका छन्।पार्टी कार्यकर्ताको भेलालाई सम्बोधन गर्न सल्यान पुगेका अध्यक्ष नेपालले त्यहाँका पत्रकारहरुसँग उक्त कुरा बताएका हुन्।

एमसीसी सम्बन्धी वास्तविकता के छ त्यो बुझ्छौं र जनताको चाहना के छ त्यो बुझ्छौं ।त्यसपछि मात्र प्रक्रिया अगाडि बढाउँछौं’ उनले भने ‘अमेरिकाले उपलब्ध गराउने आर्थिक सहयोग निस्वार्थ हो भने हामी स्वीकार्छौं।सबै कुराको सुनिश्चित छैन तथा स्वार्थगत छ भने हामी कदापी स्विकार्दैनौं’।

सत्तागठबन्ध भित्र एमसीसी सम्झौता अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे छलफल भइरहँदा अध्यक्ष नेपालले एमसीसी नेपाल र नेपाली जनताको कति हितमा भन्ने कुराको अध्ययनन गर्न आवस्यक छ।यदी ठीक छ भने ठीक छ। छैन भने छैन भनेर सत्तापक्षधरले भन्न सक्नुपर्छ।सबैलाई अल्मलाइरहनु हुँदैन,’ उनले भने।उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीबारे अध्ययन नै नगरि पहिले नै पास गर्न खोजेको समेत आरोप लगाए।

प्रतिक्रिया