काठमाडौं।कोरोना भाइरस विरुद्धको थप थप ६ लाख ६४ हजार ५६० डोज फाइजर खोप नेपाल आइपुगेको छ।अमेरिकी सरकारले कोरोना खोप कोभ्याक्स सुविधान अन्तर्गत नेपाललाई उपलब्ध गराएको उक्त खोप शुक्रबार एयरवेजबाट काठमाडौं आइपुगेको हो।
१२ वर्ष देखि १७ वर्ष मूनीका विद्यार्थी बालबालिका लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।सरकारले आगामी १३ पुसदेखि काठमाडौं उपत्यकासहितका ८ जिल्लामा र केही दिनभित्र बाँकी १२ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका किशोर-किशोरीलाई कोभिडविरुद्धको फाइजर खोप लगाउने कार्यतालिका सार्वजनिक गरेको छ।
५७ जिल्लामा भने १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई विद्यालयमै खोप दिन सुरु गरेको छ।
प्रतिक्रिया