पेरुमा ७.५ गुरुत्वको भूकम्प

इनेप्लिज २०७८ मंसिर १२ गते १२:४१ मा प्रकाशित

पेरुमा ७.५ म्याग्निच्युड (गुरुत्व)को भूकम्प गएको छ । पेरुमा आइतबार बिहान ७.५ म्याग्निच्युड(परिमाण)को भूकम्प गएको संयुक्त राज्य अमेरिकाको भूगर्भ अध्ययन (युएसजीएस) र पेरुको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ ।

भूकम्पको केन्द्रबिन्दु अमेजोनास क्षेत्रमा रहेको प्रतिवेदन गरिएको छ तर राजधानी लिमा र अन्य छिमेकी शहरहरूमा पनि महसुस गरिएको थियो।

यसको अभिलेख (रेकर्ड)को गहिराई ११२ किमी रहेको छ । अहिलेसम्म कुनै ठूलो क्षति वा सुनामी चेतावनीको कुनै जानकारी गरिएको छैन भनि सिएनएनले समाचार लेखेको छ ।

यसअघि आइतबार लिमाको एल कालाओलाई केन्द्रबिन्दु बनाएर ५.२ गुरुत्वको भूकम्प गएको थियो ।

 

प्रतिक्रिया