काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो जिन्दगी पटक पटक मरेर पनि बाँचेको प्रतिक्रिया दिएका छन्।नेकपा एमालेको महाधिवेशनको बन्दसत्रमा शनिबार सम्बोधन गर्दै आफ्नो जिन्दगीको भर नभएको बताएका हुन्।
सम्बोधनका क्रममा उनले भने,मलाई ढुक्क लागेको छ।अस्ति एक ठाउँमा पनि भनेको थिए,म कति बाँच्छु थाहा छैन।म धेरै पल्ट जीर्ण स्वास्थ्यबाट,धेरै अप्रेसनहरूबाट गुज्रिएर आएको हुँ भन्न सकिन्न कति बाँचिन्छ,उनले भने,मानिसको जिन्दगी यसै पनि टुंगो हुँदैन,त्यसमा पनि मेरो जिन्दगी त धेरैपल्ट मरेर बाँचेर आएको जिन्दगी त्यति साह्रो भर नहुन सक्छ।
एमालेका कार्यकर्ता र नेताहरूको नयाँ पुस्तामा लोकतन्त्र सुरक्षित रहेको बताए।उनले भने,मलाई आज ढु्क्क लागेको छ,आराम लागेको छ,आरामले खाना रुच्छ, मिठो निन्द्रा लाग्छ किनभने म तपाईँहरूलाई अगाडि देख्छु।जब म तपाईँहरूलाई अगाडि देख्छु देशको भविष्य सुरक्षित देख्छु।आन्दोलनको भविष्य सुरक्षित देख्छु, लोकतन्त्रको भविष्य सुरक्षित देख्छु।
प्रतिक्रिया