नेपाल बार एसोशिएसनले देशका १८ वटै उच्च अदालत परिसरमा विरोध सभा गर्ने

इनेप्लिज २०७८ मंसिर ८ गते १०:४१ मा प्रकाशित

काठमाडौं।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजिनामा माग्दै एक महिनादेखि आन्दोलनमा रहेको नेपाल बार एशोसियसनले आज उच्च अदालतहरुमा विरोध सभा गर्ने भएको छ।

देशका १८ वटै उच्च अदालत रहेका स्थानमा विरोध प्रदर्शन र सभा गर्न बारले मातहतका इकाईहरुलाई निर्देशन दिएको छ।१८ वटै उच्च अदालतमा केन्द्रीय प्रतिनिधि पनि खटाइएको बार महासचिव लीलामणि पौडेलले एक विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ।

विरोध कार्यक्रम अनुसार बारको केन्द्रीय नेतृत्व भने पाटन उच्च अदालत परिसरमा हुने विरोध कार्यक्रममा सहभागी हुने छ।

प्रतिक्रिया