चीनकी चर्चित टेनिस खेलाडी पेंग शुईले अङ्कीयदृश्य मार्फत आफू सुरक्षित रहेको जानकारी

इनेप्लिज २०७८ मंसिर ५ गते १९:१५ मा प्रकाशित

चीनकी प्रसिद्ध महिला टेनिस खेलाडी पेंग शुईले यौन उत्पीडन भएको नेतालाई भने पछि सार्वजनिक नभएकी शुईले अङ्कीयदृश्य( भिडियो कल)मा आफू सुरक्षित रहेको अन्तर्राष्ट्रिय ओलम्पिक समितिलाई बताएकी छिन ।

उनि सार्वजनिक नभए पछि महिला टेनिस संघका प्रमुख स्टिभ सिमोनले सुरक्षाको पूर्ण हिसाबकिताब र उनको आरोपको उचित अनुसन्धान नभएमा चीनमा करोडौं डलरको व्यापार गुमाउन तयार रहेको बताएका थिए ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) का अध्यक्ष थोमस बाचले तीन पटक ओलम्पिक खेलेकी पेङ शुईसँग भिडियो फोन कल ((अङ्कीयदृश्य कुराकानी )गरेका थिए। ओलम्पिकको प्रशासकीय निकायले आइतबार उक्त घोषणा गरेको छ ।

एथलीट (खेलाडी)आयोगका अध्यक्ष इम्मा टेर्हो र चीनमा आईओसी सदस्य ली लिङ्वेई भिडियो कल(अङ्कियदृश्य)मा दुवैजना आएका थिए । तर सिएनएनलाई उक्त अङ्कियदृश्यमा प्रवेश गर्न नदिएको उल्लेख गरेको छ ।

” आधा घण्टाको कुराकानीको प्रारम्भमा पेङ शुईले आफ्नो स्वास्थ्यको बारेमा चिन्ता व्यक्त गरेकोमा आईओसीलाई धन्यवाद दिएकी थिइन् ,” आईओसीको विज्ञप्तिमा भनिएको छ।

उनी बेइजिङमा आफ्नो घरमा बसी रहेको ,सुरक्षित र राम्रो रहेको ,तर यस समयमा आफ्नो गोपनीयतालाई सम्मान गर्न चाहन्छु । त्यसैले म अहिले साथीहरू र परिवारसँग समय बिताउन रुचाउँछु भनेकी छिन ।

“यद्यपि, उनले टेनिसलाई निरन्तरता दिने र आफूलाई खेल धेरै मन पर्छ।” भनिन । “पेङ शुइ कुसल मंगल रहेकोले मलाई राहत मिलेको छ , जुन हाम्रो मुख्य चिन्ता थियो,” टेर्होले भनिन । “उनी आराम देखिन्थिन । मैले उनलाई हाम्रो समर्थन र उनको सुविधाको कुनै पनि समयमा सम्पर्कमा रहन प्रस्ताव गरें, जुन उनले स्पष्ट रूपमा सराहना गरिन ।”

आईओसीका अनुसार पेङले सन् २०२२ को शीतकालीन ओलम्पिक अघि जनवरीमा बेइजिङ पुगेपछि थोमस बाच ,टेर्हो र लीसँग रात्री भोजनमा सहभागी हुने स्वीकार गरेकी छिन ।

पेङले तीन वर्षअघि पूर्व उपप्रधानमन्त्री झाङ गाओलीले आफ्नो घरमा जबरजस्ती यौनसम्बन्ध राखेको आरोप लगाएकी थिइन् । गत नोभेम्बर २ मा सामाजिक सञ्जालमा प्रकाशित गरेका सामग्रीहरु मेटाईएका थिए ।

चीनको ट्विटर-जस्तो मन्च प्लेटफर्म विबोमा उनले प्रकाशित गरेको आधा घण्टा भित्र ३० मेटाइएको थियो ।

उनको विबो खाता जसमा ५ लाख अनुयायीहरू छन् ।

प्रतिक्रिया