समाजसेवी बजगाईंद्वारा मन्दिर निर्माण कार्यमा एक लाख सहयोग
देवेन्द्र सञ्ज्याल
२०७८ मंसिर ५ गते १२:१८ मा प्रकाशित
देवेन्द्र सञ्ज्याल,मंसिर ५ अछाम-“धर्मो रक्षती रक्षित:” भन्ने भावले प्रेरित भै सनातन हिन्दु धर्मको रक्षा, -संस्कृति संरक्षण तथा परम्परालाई पुस्तान्तरण गर्ने हेतुले देवभुमी मुली अछाममा आश्रम बाटिका सहितको निर्माणाधीन देवस्थललाई अमेरिकामा बस्नुहुने समाजसेवी तुलाराम बजगाईं ज्युले आफ्नो स-परिवारको तर्फबाट शिक्षक देवेन्द्र सञ्ज्याल मार्फत रु. एक लाख सहयोग प्रदान गर्नु भएको छ।
देवस्थल निर्माण कार्य एक एक महत्वपूर्ण पुण्य कार्य भएकोले आर्थिक अभावले निर्माण कार्य रोकिएको जानकारी पाए पश्चात सहयोग स्वरुप सो रकम प्रदान गरेको बताउनु भएको छ।
आर्थिक अभावले स्थगित निर्माण कार्यलाई निरन्तरता दिन शिक्षक सञ्ज्यालको पहलमा दान सहयोग संकलन भए संगै निर्माण कार्य पुन: सुरु भएको छ।
शिक्षक सञ्ज्यालले फेसबुक मार्फत सहयोगको अपिल गरे संगै १ महिनामा नै करिब पाँच लाख संकलन भएता पनि अझै चार लाख जति थप खर्च लाग्ने अनुमान गरिएको बताउदै निर्माण संयोजक दुर्गा प्रसाद जैसीले सहयोगी सबैलाई धन्यवाद सहित यस पुण्य कार्यमा सहयोग गरी दिन सबैमा हार्दिक अनुरोध समेत गर्नु भएको छ।
प्रतिक्रिया