परियोजना गोष्ठी

इनेप्लिज २०७८ मंसिर १ गते ११:०६ मा प्रकाशित


विराटनगर,१ मङ्सिर।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन समन्वय इकाई मोरङद्वारा आज यहाँ आयोजित‘ स्थानीयतहबाट सञ्चालित पकेट,ब्लक विकास कार्यक्रको त्रैमासिक प्रगति समीक्षा गोष्ठी तथा रिपोटिङ्ग गोष्ठी सम्पत्र भएको छ।

प्रत्येक स्थानीयतहमा सञ्चालित पकेट र ब्लक अन्तर्गत भएका काम र गर्न बाँकी रहेका कामका विषयमा जानकारी हासिल गर्ने उद्देश्यले आयोजित सो कार्यक्रममा बेमौसमी वर्षाले किसानले लगाएका धेरै अत्रबाली,फलफूल,तरकारीलाई नष्ट गरेको जानकारी गराइएको छ।

स्थानीयतहमा ब्लक र पकेट अन्तर्गत आलु,मकै,धान,गहुँ,बङ्गुर,बाख्रापालन जस्ता विषयमा पालिकामा रहेका कृषि अधिकृत एवं कर्मचारीहरु विनोद दाहाल,शुभनारायण यादव,पर्वत साह,प्रकाश अधिकारी,कृषि ज्ञान केन्द्र मोरङका नुनुलाल उराँव लगायतले भएका प्रगतिका बारेमा जानकारी दिनुभएको थियो।

सो अवसरमा जिल्ला समन्वय समिति मोरङका संयोजक नरेशकुमार पोखरेलले ब्लक र पकेट कार्यविधिलाई पूर्णपालना गरी कार्यक्रमका लागि स्वीकृत बजेट समयमै खर्च गर्न निर्देशन दिनुभयो।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वय समन्वय इकाईका प्रमुख विनोद मण्डलले आजको कार्यक्रमले एकअर्कामा समन्वय गर्न, समस्या समाधान गर्न र काम जुट्न उत्साह बढेको कुरामा जोड दिनुभयो।

प्रतिक्रिया