काठमाडौं।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्ध अघोषित रुपमा आन्दोलनमा उत्रेको सर्वाेच्च अदातलका न्यायाधीशहरुबीच मतभेद देखा परेको छ।यस अघि प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै अघोषित रुपमा आन्दोलनमा उत्रेका सर्वाेच्च बारका न्यायाधीशहरुबीच मतभेद सुरु भएसँगै केही न्यायाधीशरु प्रधानन्यायाधीश राणाको पक्षमा उभिएका छन्।
बन्दीप्रत्यक्षीकरण बाहेकका इजलास बहिस्कार गर्दै आन्दोलनमा सहमती जनाएका ६ जना न्यायाधीशहरु आजदेखि नियमित काममा फर्किएका हुन्।न्यायाधीशहरू तेजबहादुर केसी,कुमार रेग्मी,बमकुमार श्रेष्ठ,प्रकाश ढुंगाना,कुमार चुँडाल र मनोज शर्मा जारी आन्दोलन छाडेर इजलासमा फर्किएका छन्।तेजबहादुर केसी र कुमार रेग्मी, प्रकाश ढुंगाना र कुमार चुँडाल तथा बमकुमार श्रेष्ठ र मनोज शर्माको इजलासमा अहिले सुनुवाइमा सहभागी बनेका छन।
सोमबार नेपाल बारसँगको छलफल बहिष्कार गरेका ५ जना न्यायाधीशलाई मंगलबार अर्का न्यायाधीश प्रकाश ढुंगानाले पनि साथ दिएका हुन्।अन्य न्यायाधीशहरु समेत नियमित कामकाजमा फर्किने सर्वाेच्च अदालतले जनाएको छ।
प्रतिक्रिया