विराटनगर,१८ कात्तिक।प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ समक्ष प्रदेशका मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यले पदबाट राजीनामा दिनु भएको छ।
प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईमार्फत नेपालको संविधानको धारा १६० को उपधारा (४) को खण्ड (क) बमोजिम बुधबार सांझ राजीनामा दिनु भएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
मुख्य न्यायाधिवक्ताको राजीनामा कात्तिक १७ गतेदेखि लागु हुने विज्ञप्तिमा उल्लेख गरिएको छ।
प्रतिक्रिया