विराटनगर,१६ कात्तिक।प्रदेश नं १ मा तीन वर्ष नौ महिनाको अवधिमा आज तेस्रो मुख्यमन्त्रीको रुपमा नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्रकुमार राईले पद तथा गोपयिताको सपत लिनुभयो।
यस अघि यस प्रदेशमा पहिलो मुख्यमन्त्रीको रुपमा नेकपा एमाले संसदीय दलका नेता शेरधन राई र उहाँले राजीनामा दिएपछि दोस्रो मुख्यमन्त्रीको रुपमा नेकपा एमाले संसदीय दलका नेता भीमप्रसाद आचार्यले गएको भदौ १० गते मुख्यमन्त्री पदको सपत लिनु भएको थियो।उहाँले विश्वासको मत लिन सकने अवस्था नरहेपछि हिजै राजीनामा दिएपछि मुख्यमन्त्री बन्नुभएको राजेन्द्र राई नेकपा एकीकृत समाजवादी,नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,जनता समाजवादी पार्टी,सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको साथ र सहयोगबाट मुख्यमन्त्री बन्नु भएको राईको जन्म विसं २०२७ असार १५ मा भोजपुरको किमलुङ गाविस हाल षडानन्द नगरपालिका १० सुर्केमा भएको थियो।बुबा नरेन्द्रबहादुर राई र आमा धनकुमारी राईका चार सन्तान मध्ये कान्छा सदस्य उहाँले विद्यालय तहबाटै अनेरास्ववियु मार्फत राजनीतिक यात्रा सुरू गर्नुभएको हो।
विद्यालयको अखिल इकाई सचिवबाट सुरू गर्नुभएको राजनीतिक यात्रा त्यही सङ्गठनको राष्ट्रिय अध्यक्ष हुँदै प्रदेश १ को मुख्यमन्त्रीसम्म आइपुग्नु भएको छ।
२०४३ सालमा प्रवेशिका परीक्षा उतीर्ण गर्नुभएपछि लगातार रत्नराज्य लक्ष्मी क्याम्पस काठमाडौंमा पढेर त्यहीँबाट राजनीति शास्त्रमा स्नात्तकोत्तर गर्नुभएको छ । एमाले अखिलको केन्द्रीय सदस्य,सचिव,महासचिव हुँदै उहाँ पहिलोपटक २०५७ सालमा अखिल अध्यक्ष बत्रुभएको थियो।उहाँ दुई कार्यकाल लगातार अध्यक्ष हुनु भएको थियो।
लामो समय अखिल राजनीतिमा सक्रिय उहाँ पहिलोपटक २०६८ मा केन्द्रीय सदस्य मनोनित भएर पार्टीमा सक्रियता बढाउँदै लैजानुभयो र २०७१ मा सम्पन्न एमालेको नवौँ महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो।
माधवकुमार नेपालको प्रधानमन्त्रीत्वकालमा राजनीतिक सल्लाहकारको भूमिका निर्वा गर्दै उहाँले २०७४ को प्रदेशसभामा निर्वाचनमा भोजपुरबाट निर्वाचित हुनुभएको थियो।पञ्चायतकालमा सात महिना केन्द्रीय कारागारमा बन्दी जीवन बिताएका उहाँले शाहीकालमा पनि चार महिना प्रहरी तालिम केन्द्रमा बन्दी जीवन बिताउनुभएको थियो भने माओवादी द्वन्द्व कालमा २०६० सालमा माओवादीले भोजपुरको घरबाटै अपहरणमा परि एक सातासम्म माओवादी कब्जामा रहनु भएको थियो।उहाँको आगामी कार्यकाल सफल र शुभरहोस् भनी शुभकामना पनि दिन्छु।
मनोज दाहाल
पत्रकार
प्रतिक्रिया