विराटनगर,१६ कात्तिक(रासस):प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज यहाँ पद तथा गोपनियताको सपथ लिनुभएको छ।
उहाँलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम पद तथा गोपनियता सपथ गराउनुभएको हो ।
मुख्यमन्त्री राईले उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालय,भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सम्हाल्नु हुने भएको छ।
यसैगरी,नेपालको संविधानको धारा १६८ को उपधारा(९) बमोजिम कार्यविभाजन सहित मन्त्रिपरिषद् गठनका लागि सिफारिश भएको छ।
सोही अनुसार आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो, भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्की, आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की,सामाजिक विकास मन्त्री जयराम यादव र सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फेले मुख्यमन्त्री राईबाट पद तथा गोपनियताको सपथ लिनुभएको छ ।
प्रतिक्रिया