नागरिकको सुविधाका लागि एकद्वार प्रणालीमार्फत सेवा प्रदान गर्ने– मन्त्री साम्सोहाङ

मनोज दाहाल २०७८ कार्तिक १४ गते १३:३९ मा प्रकाशित

मनोज दाहाल,विराटनगर,१४ कात्तिक।प्रदेश नं १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले सरकारले नागरिकको सुविधाकालागि एकद्वार प्रणालीबाट सेवा प्रदान गर्ने व्यवस्था मिलाइरहेको बताउनु भयो।

प्रदेश स्वास्थ्य निर्देशनालयको प्रदेश स्तरिय बार्षिक समीक्षा कार्यक्रमको आज उद्घाटन गर्दै उहाँले प्रदेशबासीलाई सरकारको अनुभूती दिलाउन यस चालु वर्षको नीति तथा कार्यक्रम एवं बजेटमार्फत उक्त्त कार्य आगाडि वढाएको जानकारी गराउनु भयो।मन्त्री साम्साहाङले जिल्ला–जिल्लामा एकीकृत सेवा हुँदा प्रदेशवासीलाई नै सहज सेवा प्राप्त हुने विश्वास व्यक्त्त गर्नु भयो।

मन्त्रालयका सचिव कमल भट्टराईले प्रदेश सरकारको नीति तथा कार्यक्रम अनुसारनै एकद्वार प्रणालीबाट सेवा दिने तयारी थालिएको चर्चा गर्दै प्रतिवेदन अध्ययन गरेर मात्रै धारणा बनाउन आग्रह गर्नुभयो।

ले प्रदेशमा छुट्टै स्वास्थ्य मन्त्रालयको माग राखिरहेको समयमा स्वास्थ्य स्वास्थ्य सेवाको परिकल्पना भन्दा बाहिर गएर संगठन संरचना तयार गर्न खोजिएको बताउनुभयो।उहाँले एकद्वार प्रणालीबाट सेवा दिने प्रदेश सरकारको तयारीको विरोध जनाउनुभयो।उहाँले तत्काल स्वास्थ्य मन्त्रालय बनाउन प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो।तीन दिने समीक्षामा स्वास्थ्यकर्मीहरुले एकिकृत सेवा प्रणालीबारे ठोस धारणा तय गर्नुपर्ने श्रेष्ठको भनाई छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेल,डा.मदन उपाध्याय,प्रदेश स्वास्थ्य निर्देशक ज्ञानबहादुर बस्नेत,सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाई र जनस्वास्थ्यकर्मी संघका केन्द्रीय सदस्य कैलाशखाकी श्रेष्ठले कोरोना महामारीलाई ध्यानमा राखि जनताको स्वास्थ्य सुरक्षाप्रति सवैले केन्द्रीत भएर कार्य गर्नुपर्नेमा जोड दिनु भयो।

यसैवीच प्रदेश नं १ को स्वास्थ्य सेवा तथा कार्यत्रक्रममहरुको प्रदेशस्तरिय बार्षिक समीक्षा गोष्ठि आजदेखि शुरु भएको छ।

तीन दिने उक्त्त समिक्षा गोष्ठी कार्यक्रममा प्रदेश जनस्वास्थ्यको सेवा प्रवाह, प्रदेश स्वास्थ्य उपचारात्मक सेवा प्रवाह र प्रदेश आयुर्वेद सेवा प्रवाहका विषयमा प्रस्तुतीकरण र छलफल हुने प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञाबहादुर वस्नेतले जानकारी दिनुभयो।गोष्ठीमा स्वास्थ्य कार्यालयहरुको जिल्लागत प्रस्तुतीकरण र छलफल कार्यक्रम गरिने छ।

जिल्ला अस्पतालहरुको प्रस्तुतीकरण,प्रदेश स्वास्थ्य तालिम केन्द्र,प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्र र प्रदेश जनस्वास्थ्य प्रयोगशाला,विराटनगर महानगरपालिका लगायत विभिन्न निकायहरुले कार्यपत्र पत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

मनोज दाहाल

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया