मोहम्मद सदरुल-विराटनगर,१४ कात्तिक(रासस):प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना समन्वय इकाई मोरङद्वारा आयोजित प्रदेश स्तरीय प्रथम त्रैमासिक प्रगति समीक्षा गोष्ठी आज यहाँ प्रारम्भ भयो।
परियोजना अन्तर्गत भएका विगतका र त्रैमासिक अवधिमा भएको प्रगतिको समीक्षा गरी परियोजनालाई सफल कार्यान्वयन एवं उलब्धिमूलक बनाउन उद्देश्यले आयोजित सो दुई दिने गोष्ठीमा प्रदेश नं १ अन्तर्गतका सबै परियोजन समन्वय इकाईका प्रमुख,जोन,ब्लक र पकेट क्षेत्रका संयोजकहरुको सहभागिता रहेको छ ।
कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाई खुमलटारका वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमिल्सिनाले सातवटै प्रदेश परियोजनाको त्रैमासिक प्रगति र मोरङ परियोजना समन्वय इकाईका प्रमुख बिनोदकुमार मण्डलले प्रदेश भरिका परियोजना अन्तर्गत भएका काम र प्रगतिका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
सो अवसरमा प्रदेश नं १ भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयका सचिव डा रामानन्द तिवारीले गोष्ठीको उद्घाटन गर्दै कृषिको विकास नगरी मुलुकलाई खाद्यमा आत्मनिर्भर बनाउन नसकिने बताउनुभयो।स्वदेशी सोच र स्वदेशी लगानीको उपज यो परियोजना १० वर्षका लागि रहेको र अहिले छैठौँ वर्षमा प्रवेश गरेकै अवस्थामा अहिले मुलुकमा कृषिका विविध क्षेत्रमा राम्रो प्रगति भएको चर्चा गर्नुभयो।
प्रतिक्रिया