विराटनगरमा रु पाँच अर्वको लगानीमा २५ तल्ले व्यापारिक भवन निर्माण हुने

इनेप्लिज २०७८ कार्तिक ११ गते २१:५४ मा प्रकाशित


विराटनगर,११ कात्तिक।विराटनगर महानगपालिका र प्रदेश लगानी प्राधिकरणको सहकार्यमा रु पाँच अर्वको लगानीमा २५ तल्ले भवन यहाँ निर्माण हुने भएको छ ।

विराटनगर –९स्थित पुरानो गुद्रीबजार क्षेत्रमा रहेको १४ कट्ठा जग्गामा उक्त व्यापारिक निर्माणका लागि आज यहाँ सम्झौतामा हस्ताक्षर भएको छ।

विराटनगर महानगर र प्रदेश नं १ सरकारले व्यापारिक भवन निर्माण बनाउने समझदारी पत्रमा हस्ताक्षर गरिएको छ।नेपाली कांग्रेस प्रमुख सचेतक केदार कार्की ,विराटनगर महानगरका प्रमुख भीम पराजुली,उप उपप्रमुख इन्दिरा कार्की,वडा नं.९ का वडाध्यक्ष बिश्वनाथ भगत लगायतको उपस्थितीमा प्रदेश लगानी प्राधिकरणका निर्देशक डा.सरोज कोइराला र महानगरका प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेतले समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको हो।

परियोजनाको काम आगामी तीन महिनाभित्र सुरु गरिने बताइएको छ।

स्वदेशी लगानीकर्ताहरुको लगानीमा बन्ने उक्त्त भवन निर्माण हुने भएको छ।

प्रमुख सचेतक कार्कीले प्रदेशको भवन निर्माणबाट राजधानीका रुपमा रहेको यस शहर आर्थिक रुपमा सवल बन्ने विश्वास व्यक्त्त गर्नु भयो।

विराटनगर महानगरका प्रमुख भीम पराजुलीले नगरवासीको दीर्घकालिन हितलाई ध्यानमा राख्दै भवन निर्माणबाट शहर थप गतिशिल रुपमा स्थापित हुने विचार राख्नु भयो।

उक्त भवन आगामी तीन वर्ष भित्र निर्माण सम्पन्न हुने लक्ष्यले कार्य गरिने भएको छ भने नीजि सहकारी साझेदारी तथा लगानी प्राधिकरण नियावली–२०७६ मा भएको कानुनी व्यवस्थाको अधिनमा रही निर्माण सम्पन्न गरिने भएको छ।

 

प्रतिक्रिया