विराटनगर,११ कात्तिक।प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले संसद सहमती र अभ्यासको आधारमा सञ्चालन हुने बताउनु भएको छ।
संसदीय पत्रकार मञ्च प्रदेश नं १ द्वारा आज यहाँ आयोजित संसदीय खुलापन र पारदर्शीतामा उत्कृष्ट अभ्यास विषयक अन्तरक्रियामा उहाँले संविधान र प्रदेश नियमावलीमा नभएका कतिपय कार्यहरु सहमती र अभ्यासको आधारमा संसदमा प्रयोग गरी सञ्चालन गर्नु आवश्यक्ता भएको औल्याउनु भयो।
सभामुख भण्डारीले हामीले आफनो अनुकल संविधानको व्यख्या गर्नु गलत भएको चर्चा गर्दै संसद संचालनमा आफुले कहिले पनि संविधान नमिचिएको बताउनु भयो ।
अन्तरक्रियामा प्रदेश सभा सदस्यहरु केदार कार्की, सरिता थापा, लोकप्रसाद संगौला,विष्णु तुम्वाहाम्फे,कुशल लिम्वु र संसद सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले आगामी दिनमा संसदका विभिन्न समितिमा सञ्चारकर्मीहरुको सहज पहुँच पुर्याउने प्रतिवद्धता व्यक्त्त गर्नु भयो।
मञ्चका अध्यक्ष गणेश लम्साल,नेपाल पत्रकार महासङ्घ प्रदेश समितिका महासचिव विवेक गौतम एवं सञ्चारकर्मीहरुले जनताको समस्याका उठानका लागि संसदमा सहज पहुंच आवश्यक रहेको सुझाव दिनु भयो।
नेपाल पत्रकार पत्रकार महासङ्घका पूर्व अध्यक्ष अनलाइन मार्फत तारानाथ दाहालले सदसदीय खुलापन र पारदर्शीता विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो।
प्रतिक्रिया