विराटनगर,९ कात्तिक।नेपाल कम्यूनिस्ट पार्टी (एमाले)को प्रथम विराटनगर अधिवेशन आजदेखि यहाँ शुरु भएको छ।
नेकपा एमाले स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले अधिवेशनको उद्घाटन गर्दै एमालेको सरकारले गरेको विकास निर्माण कार्यले जनता प्रभावित भएकोले आगामी निर्वाचनमा वहुमत दिने बताउनु भयो।
उहाँले तराई क्षेत्रमा रोकिएको हुलाकी राजमार्ग एमाले सरकारले पुनः निर्माण शुरु भएकोले यस क्षेत्रका जनताको मनमस्तिष्कमा पार्टी बसेको चर्चा गर्नु भयो।
स्थायी कमिटी सदस्य पोखरेलले एमाले सरकारले गरेको जस्तो पूर्वाधार निर्माण र विकास कार्य विगतमा कुनै पनि सरकारले गर्न नसेको दावी गर्दै चीनसँग जोड्ने उत्तर दक्षिण सातबटा सडक निर्माण कार्य द्रुतगतिका भएको धारणा राख्नु भयो।
प्रदेश सभा सदस्य यशोदा अधिकारी,नेकपा एमाले केन्द्रीय सदस्य विनोद ढकाल,प्रदेश खेलकुद वोर्डका सदस्य सचिव पर्शुराम बस्नेत र नगर अध्यक्ष सागर थापाले एमाले सरकारले जनताको आर्थिक समृद्धि र व्यवस्थित विकास निर्माणका कार्य गरेकोले आगामी निर्वाचनमा अध्याधिक वहुमतले विजयी गराउने दावी गर्नु भयो।
नगर सभापतिका सर्वसम्मत कायम नभएको भोलि(बुधवार) पर्शुराम वस्नेत र सागर थापा वीच प्रतिस्पर्धा हुने छ।
प्रतिक्रिया