प्रदेश नं १ मा नेकांको नेतृत्वमा सरकार गठनको सम्भावना रहेको–परराष्ट्र मन्त्री खड्का

इनेप्लिज २०७८ कार्तिक ६ गते १८:५९ मा प्रकाशित


विराटनगर,६ कात्तिक।परराष्ट्र मन्त्री डा नारायण खड्काले प्रदेश नं १ मा नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनको सम्भावना जीवित रहेको बताउनु भएको छ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसंग सक्षिप्त कुराकानी गर्दै उहाँले प्रदेश नं १ सरकारले भोलि(आइतवार) विश्वासको मतदान पछि कसको नेतृत्वमा सरकार गठन गर्ने सम्वन्धमा निर्णय गरिने जानकारी दिनु भयो।मन्त्री खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागी गठवन्धन दलहरुवीच छलफल एवं सहमतीका आधारमा प्रदेश सरकारका सम्वन्धमा ‘प्याकेज)मा निर्णय गरिने बताउनु भयो।

उहाँले प्रदेश नं १ र वाग्मतीमा आधा ÷आधा कार्यकाल नेतृत्व गर्ने सम्वन्धमा प्रस्ताव आएको तर अहिलेसम्म निर्णय नभएको जानकारी दिनु भयो।मन्त्री खड्काले नेकांको वहुमत नभएकाले सबै दलहरुवीच आपसी छलफल गरी साझा सहमतीमा एमसिसि पास हुने बताउनु भयो।

मन्त्री खड्काले लिपुलेक क्षेत्रमा राष्ट्रिय जनगणना कार्यालयले आफ्नो कार्य अनुसार जनगणना गर्ने व्यवस्था मिलाउने बताउनु भयो।

एक प्रश्नको जवाफमा उहाँले‘अर्लि इलेक्सन’ तत्कालै सम्भावना नभएको तर सत्तारुण गठवन्धन दलहरुवीच सहमती कायम भएमा आगामी चैत बैशाखमा हुनसक्ने विचार राख्नु भयो।

उहाँले पार्टीको केही जिल्लामा विवाद भएको र कार्यकर्ता समेत अनशन बसेको हुनाले केन्द्रीय महाधिवेशन आगामी मङसिर नभएर पुसको अन्तिमसाता हुने सक्ने आफ्नो व्यक्त्तिगत धारणा रहेको बताउनु भयो।

मन्त्री खड्काले वेमौसमी वाढी र पहिरोबाट निधन भएका नागरिकप्रति हार्दिक श्रद्धान्जलि व्यक्त गर्दै बाली तथा पशुपन्छिको क्षतिको तथ्याङक संकलन पश्चात थप राहत प्रदान गर्ने प्रतिवद्धता व्यक्त्त गर्नु भयो।

प्रतिक्रिया