सिके राउतका १७ जना कार्यकर्ता विरुद्ध मुद्धा दर्ता

इनेप्लिज २०७८ कार्तिक ५ गते ११:३० मा प्रकाशित

काठमाडौं ।खानेपानी कार्यालय जनकपुरका निमित्त प्रमुखलाई दुव्र्यवहार गर्ने डा. सिके राउतका १७ जना कार्यकर्ता विरुद्ध मुद्धा दर्ता भएको छ।विहिबार खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश कुशवाहालाई राउतका कार्यकर्ताले कुटपिट गर्दै कार्यालयबाटै उठाएर अर्धनग्न बनाई शरीरमा हिलो छ्यापेर जनकपुर परिक्रमा गराएका थिए ।

जनमत पार्टीका १७ जना नेतारकार्यकर्तामाथि सरकारी वकिलको कार्यालयमार्फत् मुद्दा दर्ता गराइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतका अनुसार कर्मचारीलाई अभद्र व्यवहार र कार्यालयमा तोडफोड गर्नेमा अधिकांश सिरहा, सर्लाही र महोत्तरीका छन्।

जनमत पार्टीका धनुषा अध्यक्ष ओमविक्रम कुशवाहा,सर्लाही जिल्ला सदस्य दुर्योधन यादव,प्रेम किशोर यादव,केन्द्रीय सदस्य वीरेन्द्र महतो,विद्यार्थी जनमत संघका अध्यक्ष विजय यादव, नेताहरू संजय प्रधान, धनिकलाल कापर,विक्रमकुमार साह, कैलाशप्रसाद साह, दिनेश रजक साफी, रामकरण यादव, संजय कुमार सिंह, सञ्जय साह, महेश कुमार यादव,अमरनाथ साह र सुन्दर मण्डलविरूद्ध मुद्दा दर्ता गरिएको उनले बताए।

उनीहरूविरूद्ध अपराधी प्रवेश तथा अपराधी उपद्रव शीर्षकमा मुद्दा चलाइएको हो। यो मुद्दामा क्षतिपूर्तिसहित अधिकतम चार वर्षसम्म कैद र ४० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ,’ डिएसपी बस्नेतले भने।

जनकपुरधाम उपमहानगरपालिका-८ स्थित बलवा टोलमा पार्टी अध्यक्ष सिके राउतको बसोबास रहेको घर छेउको सडकमा खनिएको ढलको खाल्डो नपुरेको भन्दै कुशवाहामाथि उनका कार्यकर्ताले दुर्व्यवहार गरेका थिए।

प्रतिक्रिया