कुनै पनि हालतमा कांग्रेसको १४ औं महाधिवेशन तोकिएकै मितिमा हुनुपर्छ: नेता सिंह

इनेप्लिज २०७८ कार्तिक ४ गते १०:४४ मा प्रकाशित

काठमाडौं।नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले नेतृत्वले परम्परा र मुल्यमान्यता विपरीत काम गरेकाले पार्टी कमजोर भएको बताएका छन्।विहिबार धादिङमा भएको कांग्रेस धुनिबेसि नगर समितिको कार्यलय उदघाटन कार्यक्रममा सम्बोधन गर्दै नेता सिंहले १३ औं महाधिवेशन पछि पार्टीको नेतृत्वले विधिपद्धती र मुल्यमान्यता पालना गर्न नसक्दा पार्टी कम्जोर भएको बताएका हुन्।

उनले विधिसम्वत र संस्थागत रुपमा पार्टीलाई अगाडी बढाउनको लागी सक्षम नेतृत्वको आवश्यकता रहेको समेत बताए।पार्टीका सिनियर नेताहरुलाई सम्मान गर्ने तर अबसर पाउँदा पनि काम गर्न नसक्नेलाई नेतृत्व सुम्पीन नहुने उनको भनाई थियो।साथै उनले पार्टीको आसन्न १४ औं महाधिबेशन कुनै पनि हालतमा तोकिएकै मितीमा हुनुपर्ने बताए।

महाधिबेशन कुनै पनि हालतमा तोकिएकै मितीमा गर्नु पर्दछ क्रियाशिल सदस्यता विधि र पद्धती अनुसार वितरण हुनुपर्छ।’ उनले भने ‘ यस अघिको सहमति अनुसार नै पार्टीको अधिवेशन अगाडी बढाउनु पर्दछ । यसमा नेतृत्वले ध्यान दिन जरुरी छ।’

अधिवेशन त समयमा नै गर्न नसकेको काँग्रेसले कसरी देश विकास गर्न सक्छ,भनेर जनताले प्रश्न गर्न सुरु गरिसकेको उनको भनाई छ।पार्टीलाई ठिक ठाँउमा ल्याउनको लागी विधि र पद्धतीको सवैले सहि ढङ्गले पालना गर्नु पर्ने उनले बताए।

पार्टी सभापतिको गृह जिल्लामा भएको महाधिवेशन प्रहरीको घेराभित्र भएकाले पार्टीको छवि विग्रीएको उहाँको आरोप छ।अधिवेशन हुँदा सवैलाई पद चाहिने तर पदमा पुगी सकेको पछि काम गर्न नसक्ने परिपाटी अब सुधार गर्नु पर्ने उहाँको भनाई छ।राजनिती सेवाको क्षेत्र भएकाले मेवाको आस गरेर यस क्षेत्रमा लाग्न नहुने सिंहले बताए।

गणेशमानको परिवारले सधै त्याग मात्रै गरेको भन्दै अब पार्टीको नेतृत्व पनि गर्ने उनले दाबी गरे।पार्टी भित्रको एकाँग्रेस वि काँग्रेस र सि काँग्रेस हटाउनु पर्ने उनको धारणा छ। जनताको ईच्छा र चाहाना अनुसार काम गर्नसक्ने पार्टीको रुपमा काँग्रेसकालाई पुन स्थापीत गर्न आफु लागी परेको उनले दाबी गरे।हरेका आन्दोलनमा आफुले संघर्ष गर्दै आएको भन्दै उनले गणेशमानको छोरा भएर मात्र राजनितीमा नआएको बताए।राजनितीमा प्रवेश गर्न आफ्नो छुट्टै संघर्ष रहेको बताउँदै सिंहले धेरै अबरोधहरुको समाना गर्दै आएको स्मरण गर ।अरु क्षेत्रमा असफल भएर आफु राजनितीमा आएको व्यक्ति नभएको उनले स्पष्ट पारेअब जनताले चाहेको आर्थिक सम्पन्ताको अभियानमा पनि काँग्रेसले नै नेतृत्व गर्ने र त्यसका लागी ठिक नेताको आवश्यक रहेको उनले जिकिर गरे।

प्रतिक्रिया