रासस समय सुहाउँदो परिस्कृत हुनु पर्छ–संसदीय दलका नेता कोइराला

इनेप्लिज २०७८ असोज २७ गते १०:५९ मा प्रकाशित


विराटनगर, २७ असोज(रासस):प्रदेश सभा सदस्य एवं नेपाल कांग्रेस प्रदेश नं १ संसदीय दलका नेता राजीव कोइरालाले सरकारका एक मात्र समाचार समिति रासस समय सुहाउँदो परिस्कृत गरिँदै लैजानु पर्ने बताउनुभएको छ।

राष्ट्रिय समाचार समिति(रासस) प्रदेश नं १ को कार्यालय आज निरीक्षण एवं अवलोकन गर्ने क्रममा उहाँले जनतालाई सुसूचित एवं सचेत बनाउन अहोरात्र खटिने यो संस्था सुदृढ एवं बलियो हुनुपर्छ भत्रुभयो।प्रजातन्त्र र लोकतन्त्रको बहालीमा सत्य तथ्य समाचार पस्केर धेरै ठूलो काम गरेको स्मरण गर्दै उहाँले भत्रुभयो,‘रासस जस्तो गरिमामय संस्थालाई बलियो बनाउन राज्यले यथोचित सहयोग गर्नु पर्छ ।’

सो अवसरमा रासस प्रदेश नं १ कार्यालय प्रमुख मोहम्मद सदरुलले कार्यालयका गतिविधि,जनशक्ति एवं समाचारका विषयमा जानकारी गराउनुभएको थियो।

 

प्रतिक्रिया