विराटनगर,२३ असोज।रक्षा मन्त्री डा मीनेन्द्रप्रसाद रिजालले राष्ट्रिय सुरक्षा सामूहिक सहमति विषय हो भत्रुभएको छ।
विराटनगर विमान स्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानीको क्रममा उहाँले राष्ट्रिय सुरक्षा मस्यौदा समितिमा विगतमा मैले पनि काम गरिसकेको चर्चा गर्दै राष्ट्रिय सुरक्षा नीति हरेक सम्भावनालाई राखेको बताउनुभयो।
नेपाली सेनाको सम्मान र मर्यादालाई विश्व सामु पनि छर्लङ्ग रहेको भन्दै रक्षामन्त्री डा रिजालले राष्ट्रिय विपतिमा नेपाली सेनाले अग्रभागमा रहेर उच्चकोटीको काम गरेको जानकारी दिनुभयो।
नेपाली सेनाको कामबाट विश्व समुदाय सन्तुष्ट रहेको विचार राख्दै रक्षा मन्त्री डा रिजालले नेपाली सेनाको गौरव बढाउन सरकार कहिले पनि पछ नपर्ने दृढता व्यक्त्त गर्नुभयो।
पश्चिम नेपालको लिपुलेक हाम्रो स्वामित्वमा रहेको यस विषयमा सरकारको स्थापित नीति अनुसार नै हुने कुरामा जोड दिनुभयो।
नेपालको संविधानले वाक र प्रेस स्वतन्त्रता दिएकाले कसले के कुरा गर्छ र लेख्छ भन्दा पनि सरकार भर्खरै विस्तार भएको छ र सरकारले आफ्ना काममा गति लिने रक्षा मन्त्री डा रिजालको भनाई छ।
प्रतिक्रिया