विराटनगर,२० असोज।प्रदेश नं १ को मुख्यमन्त्री भीमप्रसाद आचार्यले मुलुक र जनताको रक्षामा नेपाल प्रहरीको भूमिका अग्रनी छ भत्रुभएको छ।
छईसठ्ठीऔँ प्रहरी दिवसको अवसरमा १ नं प्रदेश प्रहरी कार्यालय रानी विराटनगरद्वारा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले जनताको रक्षा नै देशको रक्षा हो भत्रुभयो।
शान्ति सुरक्षा र अपराध नियन्त्रण एवं अनुसन्धानमा नेपाल प्रहरीले खेलेका भूमिकाको उच्चमूल्याङ्कन गर्दै मुख्यमन्त्री आचार्यले क्षेत्रीय सन्तुलन र जातीय विभेद अन्त्य गर्न प्रहरीले महत्वपूर्ण काम गरिरहेको धारणा राख्नुभयो।उहाँले अपराध अनुसन्धान देखि नै न्याय र अन्यायको पाटोमा प्रहरीले राम्रो काम गरिरहेको छ भन्दै जनतालाई न्याय दिलाउने प्रारम्भिक थलोको रुपमा प्रहरी सङ्गठन अब्बल छ भत्रुभयो।आफ्नो काममा इमान्दारिता र व्यवसायिक क्षमता प्रदर्शन गर्न प्रहरी सङ्गठनलाई आग्रह गर्दै उहाँले भत्रुभयो‘प्रहरी सङ्गठन स्वच्छ र पारदर्शी हुनुपर्छ।’
जातीय विभेद हटाउन र जनतालाई न्याय दिलाउने तथा कर्तव्य पालनाका क्रममा आफ्ना ज्यान आहूति दिने प्रहरीलाई उहाँले भावपूर्ण श्रद्धाञ्जलि पनि अर्पण गनुभयो ।
प्रदेश नं १ को आन्तरिक मामिल तथा कानून राज्यमन्त्री लीलाबल्भ अधिकारीले प्रदेश प्रहरीलाई समय सापेक्ष विकास गर्न प्रदेश सरकार प्रयत्नशील छ भत्रुभयो।
उहाँले सीमित साधन र स्रोतको बाबजुद पनि प्रदेश प्रहरीले समाजमा खेलेका भूमिका प्रशंसनीय छ भन्दै प्रदेश सरकारले प्रदेश प्रहरी ऐन पारित गरेर प्रमाणीकरण भइसक्दा पनि सङ्घीय प्रहरी ऐन नआएकोले समस्या भइरहेको चर्चा गर्नुभयो।प्रहरीलाई व्यवस्थित एवं मर्यादित बनाउन प्रदेश प्रहरी ऐनले सहयोगी भूमिका निर्वाह गर्ने चर्चा गर्दै राज्यमन्त्री अधिकारीले प्रदेश सरकारले प्रदेश प्रहरीलाई भौतिक,नैतिक र कानूनी सहयोग गर्ने धारणा राख्नुभयो।
प्रदेश नं १ का प्रहरी प्रमुख अरुणकुमार विसीले देश र जनताका लागि नेपाल प्रहरीले स्थापना काल देखि नै कर्तव्यनिष्ट भएर काम गरिरहेको बताउनुभयो। उहाँले सीमित साधन र स्रोतको बाबजुद पनि अपराध अनुसन्धान एवं नियन्त्रण तथा शान्ति सुरक्षाको क्षेत्रमा प्रहरीले हरसम्भव काम गरिहेको धारणा राख्दै प्रहरीले कर्तव्य पालनामा उच्चमनोबल र सामूहिक भावनाबाट अघि बढिरहेको छ भत्रुभयो ।
कार्यक्रममा अपराध अनुसन्धान सर्वोत्कृष्ट कार्य गरेका संखुवासभा चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडा र प्रदेश प्रहरी कार्यालय विराटनगर नायव प्रहरी निरीक्षक रुद्रबहादुर खड्कालाई जनही रु.६० हजारको प्राडा बिक्रमप्रसाद श्रेष्ठद्वारा स्थापित ‘साधनादेवी उत्कृष्ट प्रहरी’ पुस्कार प्रदान गर्नुका साथै यसवर्षका एसइइ परीक्षामा सर्वोत्कृष्टता ल्याउने प्रहरी कर्मचारीका ३६ जना छात्रछात्रालाई जनही रु.१० हजार राशिको पुरस्कार एवं प्रहरी कार्यालय बनाउन सहयोग गर्ने ३४ जना जग्गादातालाई सम्मान र प्रदेश भरिमा शान्ति सुरक्षा,अपराध अनुसन्धान एवं विविध पक्षमा काम गर्ने प्रहरी अधिकृत र प्रहरी जवानहरुलाई पनि पुरस्कृत गरियो।
प्रतिक्रिया