एमाले विधान महाधिवेशनमा उठेका प्रश्नको आज अध्यक्ष ओलीले जवाफ दिने

इनेप्लिज २०७८ असोज १७ गते ११:३८ मा प्रकाशित

काठमाडौं।नेकपा एमालेको विधान महाधिवेशनमा उठेकाप्रश्नको जवाफ दिँदै आज सकिने भएको छ।

राजनीतिक प्रतिवेदनमा आज अध्यक्ष केपी शर्मा ओली,साङ्गठानिक प्रतिवेदनमा महासचिव ईश्वर पोखरेल र विधान संशोधन प्रस्तावमा उपमहासचिव विष्णु पौडेलले उठेका प्रश्नको जवाफ दिनेछ।

६ हजार भन्दा बढी प्रतिनिधिका बीच शुक्रबार शुरु भएको महाधिवेशनको आजको पूर्ण सत्र बिहान ८ बजे शुरु हुने बताइएको छ।

आज प्रदेश १,प्रदेश २,गण्डकी प्रदेश,उपत्यका विशेष कमिटी,सम्पर्क समन्वय कमिटी र प्रवास क्षेत्रबाट आएकाहरुको समूह र जनसंगठनहरुको समूहको तर्फबाट रिपोर्ट प्रस्तुत हुनेछ।५ वटा समूहका तर्फबाट सुझाव राखेपछि प्रतिवेदन प्रस्तुतकर्ताले जवफ दिइ आजै महाधिवेशन सक्ने तयारी छ।

महाधिवेशनले पार्टीको केन्द्रीय निर्वाचन आयोग पनि गठन गर्नेछ।तीनवटा प्रस्तावमाथि विभिन्न १० समूहमा छलफल भएको थियो।नेताहरुले एमालेलाई व्यक्तिवादी भन्दा सङ्गठनात्मक बनाउनुपर्नेमा जोड दिएका छन्।

पछिल्लो समय सिद्धान्तको राजनीतिलाई कम महत्त्व दिएको,नेतृत्वले नजिकका व्यक्तिलाई मात्रै हेरेको लगायतका समस्या एमालेमा देखिएको भन्दै नेताहरुले अहिलेको शैली परिवर्तन गर्नुपर्ने बताएका छन्।

प्रतिक्रिया