काठमाडौं। नेकपा(एकिकृत समाजवादी) पार्टीको महासचिवमा डा. बेदुराम भुषाल चयन भएका छन् । सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति जुटेको नेकपा एसका एक नेताले बताए ।
‘केन्द्रीय कमिटी बैठकमा सचिवालयले जुटाएको सहमति प्रस्ताव पेस हुन्छ, महासचिव घोषणा हुन्छ’, ती नेताले भने । नेकपा एसको उपाध्यक्षमा राजेन्द्र पाण्डे,धर्मनाथ साह,जयन्ती राई र प्रमेश हमाल चयन भएका छन् । त्यस्तै उपमहासचिवमा डा. विजय पौडेल,प्रकाश ज्वाला चयन भएका छन् ।
सचिवमा रामकुमारी झाँक्री,जगन्नाथ खतिवडा,नागेन्द्र चौधरी,केशवलाल श्रेष्ठको नाम टुंगो लागेको पाण्डेले बताए । नेकपा एसको अध्यक्ष माधव नेपाल र बरिष्ठ नेता झलनाथ खनाल छन् ।
प्रतिक्रिया