विराटनगर,३ असोज।प्रदेश नं १ को प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’ले संविधान दिवसको अवसरमा स ‘मेरो संविधान,हाम्रो संविधान र हामी सबैको संविधान बनिरहोस्’ भन्ने शुभकामना दिनुभएको छ।
उहाँले शुभकामना सन्देशमा स्वतन्त्रता,सार्वभौमिकता,अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता,स्वाभिमान,सार्वभौम अधिकार,स्वायत्तता,सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र अग्रगामी परिवर्तनका लागि निरङकुश जहाँनिया शासन, तानाशाही निर्दलीय एकतान्त्रिक शासन व्यवस्थाबाट मुक्त्त गर्न आफ्नो जीवन उत्सर्ग गर्ने सबै महान शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली तथा श्रद्धासुमन अर्पण गर्नुभएको छ,बेपत्ता र पीडित नागरिकहरुको उच्च सम्मान व्यक्त्त गर्दै प्रदेश प्रमुख ‘प्यासी’ले शहिदहरुको बलिदानबाट प्राप्त उपलब्धिसहित स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उत्तरोत्तर प्रगति, उत्रति, सु–स्वास्थ्य, दीर्घायूको हार्दिक मङ्गलमय शुभकामना दिनुभएको छ।
बहुजातीय,बहुभाषिक,बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधता बीचको एकता,सामाजिक सांस्कृतिक ऐक्यबद्धता,सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै सबै प्रकारका विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी तथा सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने धेय संविधानको रहेको छ।देशमा राजनीतिक स्थीरता,दिगो शान्ति स्थापना सुशासन,वित्तीय अनुशासन,मितव्ययीता, भ्रष्ट्राचार बिरुद्ध शुन्य सहनशीलता कायम गरी राष्ट्रको दीगो विकास गर्न सकेमा मात्र संविधान दिवसको मर्म र भावना सार्थक हुनेछ । वीर शहीदहरुका सपनाहरुलाई पूरा गरी तन,मन, वचन र कर्मले समृद्ध नेपाल सुखी नेपाली बनाउन अग्रसर हुनुहुने आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई प्रदेश प्रमुख ‘प्यासी’ले धन्यवाद दिनुभएको छ।
जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली,नागरिक स्वतन्त्रता,बालअधिकार,अपाङ्गता भएका व्यक्त्तिहरुका अधिकार,मौलिक अधिकार,मानव अधिकार,बालिग मताधिकार, आवधिक निर्वाचन,पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र निष्पक्ष र सक्षम न्यायपालिका अनि कानुनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही जनतालाई सुशासनको अनुभूति दिलाउँदै असल र जनउपयोगी संस्कार दिनसकौँ भत्रे भावनाका साथ समृद्ध राष्ट्र निर्माणमा जुटिरहने आमनेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई पुनः संविधान दिवसको अवसरमा प्रमुख ‘प्यासी’ले हार्दिक शुभकामना दिनुभएको छ।
प्रतिक्रिया