ब्रह्म स्पोर्टस् क्लबको वार्षिक साधारण सभा नयाँ नेतृत्वको चयन सहित सम्पन्न

इनेप्लिज २०७८ असोज ३ गते ५:०१ मा प्रकाशित


२०७८ असोज २ गते, काठमाडौं।आज काठमाडौं १२ वडा स्थित ब्रह्म स्पोर्टस् क्लबको वार्षिक साधारण सभा अध्यक्ष बाबुराजा बज्राचार्यको सभापतित्वमा सम्पन्न भयो।सभामा उपाध्यक्ष सगुन मान श्रेष्ठले स्वागत भाषण गर्नु भएको थियो भने सचिब हरिगोविन्द र‌जितकारले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष सन्देश मानन्धरबाट वार्षिक आयव्यय हिसाब प्रस्तुत गरिएको थियो ।

सभामा सल्लाहकार व्दय सानुकाजी बज्राचार्य र बालकृष्ण महर्जनबाट शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

आज सम्पन्न सभाबाट निम्न व्यक्तिहरु सम्मिलित ११ सदस्यीय सञ्चालक समिति निर्विरोध निर्वाचित गरिएको थियो ।

अध्यक्षः सगुनमान श्रेष्ठ
उपाध्यक्षः सन्देश मानन्धर
सचिबः बिकास बज्राचार्य
कोषाध्यक्षः ज्ञानीराजा महर्जन
सह-सचिबः सत्यमान डंगोल

सदस्यहरुः इन्द्र महर्जन,इन्द्रमान महर्जन,नानीहेरा डंगोल,अमिता महर्जन, होलिका श्रेष्ठ र नानीहेरा प्रजापति

प्रतिक्रिया