दुई तिहाई बहुमतको सरकारले मुलुकलाई निकास दिन नसकेकोले र सरकार पक्ष र प्रतिपक्षहरु मुलुकलाई निकास दिन निरन्तर असक्षम भएकोले हाम्रो मुलुक नेपालमा दलीय व्यवस्था असफल प्रमाणित भइ सकेको छ।यसकारण मुलुकमा अब दलीय व्यवस्था सदाका लागि ढल्ने समय नजिकिँदै छ।नेपाली जनताहरु सत्ताका पुजारी,दहीचिउरे,ताक परे तिवारी नत्र गोतामे जस्ता अवसरवादी र स्वार्थी छन।तुलना गर्दा को ठिक र को बेठीक मुल्यांकन गर्न नसक्ने नेपाली जनताहरु छन।मासु भात,रक्सी र भत्तामा बिकाउ छन।मुलुकको धर्म,संस्कार,संस्कृति अस्मिता बेचेका छन।अब बेच्न पाए भने आफ्नो आमा,छोरी,चेलीबेटी,श्रीमती र दिदिबहिनीहरु लाई समेतलाई बेच्न पछि पर्दैनन।के वास्तविक रूपमा विक्रम सम्वत २०६२/०६३ सालपछि मुलुकले पाउनुपर्ने निकास पाएको छ ? मुलुकलाई आजको अवस्था सम्म ल्याउन जिम्मेवार र दोषीहरु नै नेपाली नागरिकहरु हुन।नेपाली नागरिकहरु ताक परे तिवारी नत्र गोतामे जस्ता स्वार्थी र अवसरवादी छन । विक्रम सम्वत २०६२/०६३ साल बाट आजसम्म समीक्षा गर्दा मुलुकमा नेताहरू नै निरंकुश हो भन्ने कुरा प्रमाणित भएको अवस्था छ।नेताहरूको तुलनामा राजा ज्ञानेन्द्र शाह त्यागी हुन राजगद्दी त्याग गरे।
नेपाली सेनाहरु जति प्रजातन्त्र,लोकतन्त्र, गणतन्त्रवादी र भित्र भित्रै गोप्य रूपमा सेनाहरु राजनीतिक दलहरु प्रति आस्था भएपनि सेनाहरु नेताहरूको लागी मरिहत्ते र मरिमेटे पनि राजनीतिक दलहरुका नेताहरूको सोच शाही सेनाहरु अर्थात राजाको नै सेनाहरु हो भन्ने रहेको पाइएको छ।
प्रजातन्त्र,लोकतन्त्र र गणतन्त्रवादी हुनु नराम्रो होइन तर हाम्रो मुलुकका नेताहरूबाट नै मुलुकमा प्रजातन्त्र,लोकतन्त्र र गणतन्त्रको दुरुपयोग गरियो।दलीय व्यवस्था उत्कृष्ट व्यवस्था हो हाम्रो मुलुकमा दलीय व्यवस्थालाई खाने पेशा बनाई बार्गेनिङ गर्ने व्यापार गर्ने थलो बनाइएकोले हाम्रो मुलुकमा दलीय व्यवस्था अफाब सिद्ध भएको छ।
मुलुकमा राजनीतिक दलहरूका नेताहरूको सत्ता लिप्साको स्वार्थ,मोह र आर्थिक लेनदेन लगायत भागबन्डा आदि इत्यादि कुराकानी नमिल्दा मुलुकमा अराजकता र अस्थिरता आएको हो ०६२/०६३ सालपछि दलीय नेताहरूको असमझदारीका कारण मुलुकले आजसम्म पनि निकास पाउन नसकेकोले हाम्रो मुलुकमा दलीय व्यवस्था अफाब सिद्ध भएको छ।
राजा ज्ञानेन्द्र शाह त्यागी हुन।आज सम्म राजगद्दी त्याग गरी बसे।राजनीतिक दलहरूका नेताहरूलाई राजा ज्ञानेन्द्र शाहले मुलुकलाई निकास देउ भनेर राजगद्दी त्याग गरेका हुन।राजा ज्ञानेन्द्र शाहले नेताहरुमा इमानदारिता,नैतिकता र सुधार आउला भनेर नेताहरुलाई नासो जिम्मा लगाए।विक्रम सम्वत २०६२/०६३ सालपछि नेताहरूमा आज सुधार आउला भोलि सुधार आउला भन्नु छैन।पटक पटक संसद विघटन,संसद अवरोध लगायत संधैभरी मनपरि र नाटक मंचन गरिरहेका छन।दलीय व्यवस्थाका सरकार पक्ष र प्रतिपक्षहरु मुलुकलाई निकास दिन बारम्बार र निरन्तर असफल हुँदै आएकोले हाम्रो मुलुक नेपालमा दलीय व्यवस्था अफाब सिद्ध भएको छ।
प्रजातन्त्र,लोकतन्त्र र गणतन्त्रको नाममा मनपरि,लुटन नपाउने र राज्यकोष ढुकुटी दुरुपयोग गर्न नपाउनेहरुले मात्र राजसंस्था, राजा ज्ञानेन्द्र शाह र सेनाहरुको विरोध गर्छन।
पुष्पकमल दाहाल र बाबुराम भट्टराई लगायतका नेताहरू मुलुकको हित,जनहित,सर्वहारा वर्गको नेतृत्व,प्रजातन्त्र,लोकतन्त्र र गणतन्त्रका लागि भुमिगत भएका होइनन।मुलुकमा आतंक सिर्जना गरी लुटन,आय आर्जन र राज्यकोष ढुकुटी दोहन गर्न नपाएर सत्तामा जानका लागि मात्र भुमिगत भएका हुन।मनपरि गरि सत्तामा गएर लुटनका लागि राष्ट्रिय संरचनाहरु समेत ध्वस्त पारे।नेपाली सेनाहरु माथि आक्रमण गरे।लडाकुहरुको पैसा समेत खाइदिए।क्रान्तिको नाममा उदेश्य सत्ताको स्वार्थ,सत्ता प्राप्ति,राज्यकोष ढुकुटी दुरुपयोग,देश बिदेश भ्रमण र बिलासीता जीवन बिताउने मात्र भयो।
नेता मरिचमान सिंहलाई मेरो तर्फबाट श्रद्धाञ्जली अर्पण छ।मुलुकमा मरिचमान सिंह जस्तो नेताहरूको उदय हुनुपर्छ।काँग्रेस,एमाले र माओवादी लगायतका राजनीतिक दलहरूका नेताहरू कसैमा पनि इमानदारिता देखिएनन।हाम्रो मुलुकका राजनीतिक दलहरूका नेताहरू विश्वासघाती र राष्ट्रघाती छन।
नेपाली नागरिकहरु वास्तविकमा चेतनशील हुन भने अन्तर आत्मालाई साक्षी राखी वास्तविक रूपमा साँच्चिकै भन्नुपर्दा विक्रम सम्वत २०६२/०६३ सालपछि मुलुकले निकास पायो सोच विचार र मनन गरौं ?
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा।जिल्ला मकवानपुर, हेेेटौंडा वडा नम्बर-०२ मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।
प्रतिक्रिया